Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

यति लामो भ्रमण किन ?

१६ शुक्रबार , चैत्र २०८०एक महिना अगाडि

यति लामो भ्रमण किन ?

काठमाडौं । परराष्ट्रमन्त्रालयको प्रेस विज्ञप्तिमा भनिएको छ– चीनका विदेशमन्त्री वाङ यीको निम्तोमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा हुनेछन् । ९ दिन लामो चीन भ्रमण, आखिर के का लागि ? सत्तारूढ दलहरू र राजनीतिक बृत्तमा समेत चासोका साथ हेरिएको छ ।
सामाजिक सञ्जालमा त नेपालका परराष्ट्रमन्त्री कति फुर्सदिला हुन् ? यी नेपालका परराष्ट्रमन्त्री हुन् कि विदेशीका ज्वाई ? सम्म लेखिएका छन् ।
सरकार बदलिनु र परराष्ट्रमन्त्री यति लामो चीन यात्रामा जानुले भूराजनीतिमा चीनको ठूलै प्रभाव देखिएको जिज्ञासासमेत उठेको छ । १३ गते चीनका विदेशमन्त्रीसँग भेटवार्ता गरेपछिका उनका कुनै कार्यक्रम महत्वका देखिदैनन् । विभिन्न प्रान्तको भ्रमण गर्नेछन् । परराष्ट्रमन्त्रीको काम भनेको चीनको विकास हेर्ने घुमघाममात्रै हो ?
चीन जाने समकक्षीको निम्तोमा, अधिकांश समय बिताउने प्रान्तमा । सत्ता परिवर्तनका सूत्रधार एमाले नेताले लेखेका छन्– कति फुर्सदिला हुन् नेपालका मन्त्री ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? दुनियाँले के भन्लान् ? किन नसोचेको ?