Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्याे

०४ मंगलबार , बैशाख २०८११७ दिन अगाडि

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्याे

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमले साेमवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको हाे । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको बताइएकाे छ ।

निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ ।  आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ९६ पैसा र डिजेलको तीन रूपैयाँ ४६ पैसा बढाएर नयाँ मूल्य पठाएको छ ।

नयाँ मूल्य अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १ सय ७५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १ सय ५८ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल १ सय ७७ रूपैयाँ, डिजेल र मट्टीतेल लिटरको १ सय ६० रूपैयाँ पर्नेछ ।

त्यसैगरि तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल १ सय ७८ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १ सय ६१ रूपैयाँ पर्ने निगमले जनाएकाे छ । 

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद नगर्ने भएकाले आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यता आइओसीले हरेक पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई नयाँ मूल्य पठाउने गर्दछ ।