Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

झापामा बेमौसमी लहरे तरकारी लहलह

०४ मंगलबार , बैशाख २०८११७ दिन अगाडि

झापामा बेमौसमी लहरे तरकारी लहलह

झापाको अर्जुनधारा नगरपालिकाका एक किसनले बेमौसमी लहरे तरकारी खेतीमा सफलता हात पारेका छन् । अर्जुनधारा–८, स्थिति मामा भान्जा फार्म तथा अनुसन्धान केन्द्रका निर्मल अधिकारीले लगाएको लहरे तरकारी खेतीले  बारी लहलह भएको छ ।

यसअघि वैदेशिक रोजगारीमा रहेका अधिकारी  वैदेशिक रोजगारबाट स्वदेश फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्न थालेका हुन् । उनले स्वदेशमै केहि गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा लागेका हुन् ।

हाल उनले शुरु गरेको बेमौसमी लहरे तरकारीले उनको फार्म लहलह छ । अधिकारीले अरुको देशमा गएर गर्ने दु:ख आफ्नै देशमा गर्न सके नेपालमा पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सक्ने बताएका छन् ।