Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

विश्वविद्यालयमा कुनै हस्तक्षेप हुँदैन : शिक्षामन्त्री श्रेष्ठ

०४ मंगलबार , बैशाख २०८११७ दिन अगाडि

विश्वविद्यालयमा कुनै हस्तक्षेप हुँदैन : शिक्षामन्त्री श्रेष्ठ

आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै पनि हस्तक्षेप नहुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताएकी छन् । आज सिंहदरबारमा शिक्षाविद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझावलाई मनन गर्दै विश्वविद्यालयमा आफ्नो तर्फबाट कुनै हस्तक्षप नहुने बताएकी हुन् ।

विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरताको सुझाव दिन शिक्षाविद् केदारभक्त माथेमासहित विज्ञहरूको टोलि सिंहदरबारमा पुगेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले आफु विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताउदै  आफ्नो र पार्टीको तर्फबाट हस्तक्षप नहुने बताईन ।

त्यस्तै आजको भेटमा शिक्षाविद्हरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रारमा दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गराएकोमा मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका थिए । यता मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरूको नियुक्तिमा पनि प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिने र उक्त छनोट प्रक्रियामा आफू संलग्न नहुने स्पष्ट पारेकी छन् ।

त्यस्तै मन्त्री श्रेष्ठले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भएकाले बसेको पाइएमा कारबाही गर्न आफू कटिबद्ध रहेको बताईन । साथै, शिक्षक बन्न ‘बिएड’ पढेकै हुनुपर्ने बाध्यतालाई हटाउनेलगायत शिक्षक पदपूर्तिको मापदण्डसम्बन्धी सुझाव दिनका लागि कार्यदल गठन गरिएको समेत जानकारी गराएकी छन् ।