Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

चैतेदशैँ पर्व मनाइँदै

०४ मंगलबार , बैशाख २०८११७ दिन अगाडि

चैतेदशैँ पर्व मनाइँदै

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ पर्व ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ । देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुशियालीमा चैते दशैँ मनाउने गरिएको धार्मिक विस्वास रहेको छ ।

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिएको यो पर्व शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा रहेको छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गरेर यो पर्व मनाउने चलन छ ।

एक वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्रीहरु बताउँछन् । चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने र नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने गरिन्छ ।

यस अवसरमा काठमाडौंको गुह्येश्वरी,भद्रकाली,नक्सालभगवती,शोभाभगवती,मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती,गोरखामा मनकामना,बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । तिथि घटबढका कारण २०८० सालको चैते दशैँ २०८१ बैशाखपरेको छ ।