Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

मन्दिरको भेटीले विद्यालय शिक्षकलाई तलव

०४ मंगलबार , बैशाख २०८११७ दिन अगाडि

मन्दिरको भेटीले विद्यालय शिक्षकलाई तलव

अर्घाखाँचीको एक मन्दिरमा सङ्कलन भएको भेटीले दुई विद्यालयका शिक्षकलाई तलब खुवाइएको छ । जिल्लाकै प्रसिद्ध धर्मिक स्थल सुपा देउराली मन्दिरबाट संकलित भेटिको रकमले शिक्षकलाई तलब खुवाइएको हो ।

अर्घाखाँची जिल्लाकै प्रसिद्ध धर्मिक स्थल सुपा देउराली मन्दिरमा भक्तजनहरुले चढाएको भेटीले आदर्श मा.वि खाँचीकोटका ६ जना र शान्ति आधारभूत विद्यालय सीतापुरका ३ जना गरि ९ जना शिक्षकलाई तलब खुवाउने गरेको बताईएको छ ।

स्थानीयका अनुसार मन्दिरमा भेटीबाटै मासिक रु. १ लाख ५० हजार रुपैयाँ सङ्कलन हुने गरेको छ भने वार्षिक १ करोड ५० लाख भन्दा बढी भेटी सङ्कलन हुने गरेको छ ।