Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

राष्ट्रिय सभामा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता हुँदै

२७ मंगलबार , चैत्र २०८०२४ दिन अगाडि

राष्ट्रिय सभामा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभामा उपाध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । भोलि हुने उपाध्यक्ष पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम राखिएको हो ।

संसद् सचिवालयका अनुसार बिहान ११:४५ देखि १:४५ बजेसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यसूची रहेको छ । मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित संघिय संसद् भवनको ल्होत्से हलमा हुने बताईएको छ ।

संविधानले व्यवस्था गरेअनुसार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।

यसअघि फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो । तर,एमालेले पाउने सहमति भएपनि उपाध्यक्ष पदमा एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको छ ।

राष्ट्रिय सभामा गठबन्धनमा सहभागी दलको ३७ मत रहेको छ जुन बहुमतका लागि पर्याप्त हो । निर्वाचन कार्यक्रम अनुसार आजै दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिने र दर्ता भएका प्रस्तावलाई भोलिको बैठकमा निर्णायार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । जसमा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका १/१ तथा २ जना मनोनीत सदस्य रहेका छन् ।