Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

राष्ट्रियसभाको उपाध्यक्षमा घिमिरे र पुडासैनी भिड्दै

२८ बुधबार , चैत्र २०८०२३ दिन अगाडि

राष्ट्रियसभाको उपाध्यक्षमा घिमिरे र पुडासैनी भिड्दै

आज हुने राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि दुईजनाको उमेदवारी दर्ता भएको छ । आजकाे उपाध्यक्ष निर्वाचनका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको हाे ।

उपाध्यक्ष पदका उमेदवारमा नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले रहेका छन् । सत्ता गठबन्धनका तर्फबाट ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने र समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।

त्यसैगरी नेपाली कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट निर्वाचित भएकी पुडासैनी ७३ वर्षीया सांसद हुन् ।