Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

उपनिर्वाचनका लागि आचारसंहिता लागू

२८ बुधबार , चैत्र २०८०२३ दिन अगाडि

उपनिर्वाचनका लागि आचारसंहिता लागू

आगमी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजबाट आचासंहित लागू हुने भएकाे छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्ने भएकाे हाे ।

आयोगले उपनिर्वाचनका लागि आचारसंहिता लागू गरिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताएका छन् । आयोगकाे आचारसंहित इलाम र बझाङमा लागू हुने बताइएकाे छ । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ ।

निर्वाचन आचार संहिता इलाम र बझाङ जिल्लाभर सम्वन्धित व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय गरिएकाे आयोगकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यसअघि प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएसँगै इलाम क्षेत्र नम्बर २ को सांसद पद रिक्त रहेकाे छ । त्यस्तै बझाङ–१ को ‘क’ का नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र पनि रिक्त रहेकाे थियाे । 

जनअनुसार प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाअन्तर्गत बझाङ–१ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।