Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

कर्णालीकाे मुख्यमन्त्री कँडेलकाे शपथ ग्रहण आज

२८ बुधबार , चैत्र २०८०२३ दिन अगाडि

कर्णालीकाे मुख्यमन्त्री कँडेलकाे शपथ ग्रहण आज

आज कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयकाअनुसार दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

नवनियुक्त मुख्यमन्त्री कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज मुख्यमन्त्रीले शपथ लिए पनि र मन्त्रिपरिषद विस्तार नहुने एमाले कर्णालीका प्रमुख सचेतक टेकराज पछाइले जानकारी दिएका छन् ।

यता माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियाले एमाले र माओवादीबीच मन्त्रालय भागबण्डा टुंगो लागेको बताउँदै आजै माओवादी संसदीय दलको बैठक बसेर मन्त्री पठाउने बारे टुंगो लाग्ने बताए । 

यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ सांसदले समर्थन जनाएका थिए । गत बुधबार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।

प्रदेशसभामा ४० सदस्यीय रहेकाेमा सरकार बनाउन २१ सदस्यकाे आवश्यक पर्छ भने सत्ता गठबन्धनको पक्षमा सभामुखसहित २४ जना प्रदेशसभा सदस्य रहेका छन् ।