Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

समाजमा बढ्दो अपराधकर्म

२७ मंगलबार , चैत्र २०८०२४ दिन अगाडि

समाजमा बढ्दो अपराधकर्म

सुरेशकुमार पाण्डे - - - 
देशभित्र अपराध जञ्य कृयाकलापमा व्यापकता आएको छ । धार्मिक,जातिय र लेङ्गियता बिचको समस्या दिनानुदिन् बढ्दै गएको देखिन्छ । यस्तो बृक्रिती र विसंगतिहरू किन र कसरी बिकास हुँदै आएकाछन्, हाम्रो समाजमा ? आज जनचासोको बिषय यहि नै हो ।
किसोरीहरू पँधेरामा पानी भर्न नहाउन जान डराउन थाले । घाँस दाउरा गर्ने बाल बालिका महिँलाहरू पहिले बाग भालुसँग डराउने गर्थे । अचेल मानिस खास गरेर पुरूषहरू सँग डराउँन थालेकाछन् । स्कुल परिसरमा होस्टलमा समेत अशुरक्षा महेसुर्स् गर्नथाले ।
आर्कोतिर विदेशीहरूको इसारामा धर्म परिवर्तन गराउँनेहरूको विगबिगी छ । उनिहरूले धर्म परिवर्तन गराएर स्वर्गको टिकट दिंदै हिंडेका हुन्छन् । कतै जातियताको बिभेदमा परेर कयौँ दलितहरूले ज्यान गुमाउँने र अङ्गभङ्ग हुनेगरी कुटाई खाएका हुन्छन् । कसैले आफु दलित भएकै कारण भाडामा रूम नपाएको गुनासो गर्दैछन् । त्यसैको फाइदा उठाएर धर्म परिवर्तनको खेल पनि खुबै फूल्ने र फल्ने गर्दै आएको छ । महिलाहरू माथि अभद्र व्यवहार हुँदै आएको छ । अहिले फेरी आर्को एउटा निन्दनिय घटना चितवनमा घटेको केहीदिन देखी कसरी घट्यो छिनोफानो हुनसकेको अवस्था छैन । अनुमानको आधारमा कसैलाई सजाय दिएर समस्याको हल हुँदैन ।
चितवनको रत्ननगर पालिका १० स्थित एकता शिशु निकेतनको होस्टलमा एउटा रूममा पंखामा झुंडिएको अबस्थामा मृत बालिका शालिन पोखरेल फेला परेकी छन् । फागुनको १२ गते कक्षा आठमा पढ्ने १४ वर्षिय छात्राको मृत्युले पुरै देश अक्रान्त भएको छ । भनिन्छ आमा बाको डिबोर्स पछि उनि चितवन रत्ननगर पालिका १५ माधवपुरमा आफ्नो मामाको घरमा बसेकी थिइन् र उनैको हजुर बा तथा आमाले उस्को शुरक्षाकै लागि यो स्कुलमा होस्टलमै रहने गरि भर्ति गराएका थिए । तर उन्को मृत्यु असामान्य तरिकाबाट शंकास्पद हुन पुग्यो ।
यो घटनाले विगत वि.स.२०७५ को साउन १० मा कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई ताजा बनाइदिएको छ । उक्त घटनाका अपराधीलाई नाटकिय ढङ्गबाट जोगाउँने प्रयात्न गरिएको जग जाहेर छ । पहिले कृतिम अपराधी छोपेर जेलमा हाले । फेरी आयोग गठन गरियो । तर अहिले सम्म निर्मला पन्तको हत्याराहरू प्रसासन सँग आँखमिचोली खेलिरहेका छन् ।
त्यो घटनाले आज पनि नेपालको प्रसाशनलाई गिंजाइरहेको छ । उक्त घटनाको अहिले सम्म छिनोफानो हुनसकेको छैन । त्यो भन्दा पनि अहिलेको द्वौरमा देशभित्र अनौठो संस्कार जन्मिएको छ । र यसता घटनाहरू लगातार घटिरहेका छन् । यि र यस्ता कयौं अपराधहरू जञ्य कृयाकलापमा वृद्धी हुँनुका कयौँ कारणहरू हुनसक्छन् ।
तर निम्न कारणले गर्दापनि घटनाहरू बढी भएको देखिन्छ । महिलाहरू र पुरूष बिचको एकता र फुटबाट पनि कयौं बाल बालिकाहरूमा मानसिक तनव पैदा हुने र उनिहरूले गलतबाटो अपनाउने घटनाहरूपनि हुने गर्छन् । तर त्यस्ता घटनाहरू छुट्याउन नसक्दा पनि कयौँ निर्दोशहरूले सजाए पाउँने र असली दोषीहरू उम्किने गर्दछन् । आवेशमा विवाह र छोडपत्रले पनि कयौं बालबालिकामा असर परेको डिप्रेसन र आत्महत्या गरेका घटना पनि छन् । एउटा तथ्याङ्ग अनुसार यही वर्षमा मात्रै बिभिन्न कारणले ३७ हजार डिभोर्स भएको देखिन्छ ।
अहिले चितवनमा घटेको घटना कतै बा आमाले गर्दा बालिकामा परेको असर त होइन ? मेडिकलका रिपोर्ट र सोसाइड नोटले यतातिर पनि ध्यान खिचेको छ । बलात्कार पछि हत्या भनेको कति जस्मदिन गवाह आफ्ना आन्खाले देखेको की मैडिकलको रिपोर्टलाई आधार बनाइन्छ । तर मैडिकल रिपोर्ट नेगेटिव छ त्यसो भएपछि सुइसाइड नोटलाई आधार बनाउँन पनि सकिन्छ । त्यो घटनाको बारेमा मसिनरी जाँच पड्ताल गर्नुपर्दछ । कतै हाम्रो अनुमान् गलत त छैन ? यता तिर पनि आत्मामन्थनको आबस्काता छ । हामीले बालिका माथि बलात्कार पछि हत्या भएको आशङ्का गर्ने तर छोरी भने हाम्रो थोरै भुलको सिकार त भइनन् ? यसबारेमा पनि ध्यान जानुपर्दछ । यो घटनालाई मसिनरी केलाएर जानुपर्ने घटनाले बताएको छ । बा आमाले डिभोस गरेपछि त्यसको गम्भिर असर बालबालिकालाई पर्छ ।
त्यो एउटा समस्या हो तर आज हाम्रो समाज अत्यान्तै छाडा प्रवृतीको बन्दै गएको छ । आमदानी छैन खर्च बढि छ । ऋण तिर्न नसकेर महिंलाले साररिक सम्वन्ध राखेका घटनाहरू समेत मिडियामा प्रसस्तै आउछन् । कतै छोरीमाथि बलात्कार र हत्याका घटनाहरू छन् भने कतै महिंलाहरूमा खर्च पुरागर्न गरिएको बेश्यावृत्तिको अबस्था । जो समाजलाई अत्यन्तै लज्जाजनक अवस्था छ ।
तर महिलाहरूले के गर्ने ? उनिहरूको लागि काम छैन,अनि खर्च बढेको छ ।त्यसैको फाइदा उठाएर महिलाहरूको अस्मितासँग खेलवाड र अनैतिक व्यवहार गर्ने गरिन्छ । देशमा रोजगारको अभाव र विदेश जाने व्यवहारले मानव समाजमा घटेका दिनानुदिन यस्ता अनैतिक  घटनाहरू अनगिन्ति हुनेगरेका हुन्छन् ।
विवहा गर्दा आवेसमा गर्ने अनि त्यसपछिको अबस्था वेमेल ?  यसबारेमा न त आमाले न बाले सोंच्न नसक्दा यसको परिणाम नकारत्मक हुनेगर्छ ।
एकातिर देशभित्र अपराध जञ्न्या कृयाकलापहरू हुँदै आएका छन् ।
दिनौँ नावालिग किशोरीहरू माथि बलात्कार र हत्याका घटनाहरूमा लगातार वृद्धि हुँदै आएको छ । आर्को तर्फ आयातित धर्मलाई फैलाएर साम्राज्यवादी शक्तिले देशलाई झन ठुलो सङ्कटमा डोराउँदै लगेको छ । मिडियाम खास गरेर फेशबुकको माध्यामबाट यस्ता कयौँ कृयाकलापहरू हुने गरेका देखिन्छन् ।
सर्वपर्थम पढेलेखेका युवाहरूलाई सरकारले खेति किसानी तिर डोराउँन नसक्नु र बिभिन्न देशहरूसँग श्रम सम्झौता गरेर युवाहरूलाई विदेश पठाउने व्यवहारले पनि यो अवस्था सिर्जित भएको देखिन्छ ।
अचेल खेत बारी बन्दगी राखेर वा घर वैंकमा धितो राखेर ऋण काडी खाडि मूलुकहरूमा युवा छिरेपछि उनिहरूका श्रीमती गाउँबाट छोराछोरीलाई वोडिङ्गमा पढाउँने बहानामा सहर पसेका हुन्छन् । शारीरिक भोक सान्त गर्न उनिरू अन्य पुरूषहरूसँग दोस्ती गर्न पुग्छन् । त्यसैको परिणाम विस्तारै उनिहरूलाई डिभोस सम्मको यात्रामा ढेकल्दै जान्छ । कतिय बजारमा नोकरी पेसा गरेकाहरू लिभिङ टुगेदरमा बसेका हुन्छन् । उनिहरूको पनि विस्तारै मन भरियो भने आपसमा मन मुटाव पछि एक आर्कालाई आरोप प्रतिआरोप लगाएर टाडिन्छन् ।हाम्रो देशमा यो समस्या समाधान भन्दापनि बिकराल बन्दै गएको छ  यो एकप्रकारले अपराधको जरो नै हो । यसबाट धेरैप्रकारका अपराधहरू हुने गर्दछन् । यसलाई रोक्न सरकारले नियम कानुन बनाएर मात्र पुग्दैन । बरू युवाहरूलाई देशभित्र ससाना रोजगारको व्यवस्था गरेर विदेश जानबाट रोक लगाउनु पर्छ । त्यसको लागि अन्य कलकारखानाको व्यवस्था नहुँदासम्म कृषिमा मन लगाउँने व्यवस्था युवाहरूलाई गराउनुपर्छ । सिंचाइ मल बिउँ र कृर्षियोग्य साधनको व्यवस्था गरेर युवाहरूलाई रोजगारको चाँजोपाँजो मिलाइ दिनुपर्छ । र सरकारी स्कुलमा नेता अनि कर्मचारीहरूका छोराछोरीलाई अनिवार्य भर्ती गराउँन निर्देश गर्नुपर्छ र त्यसबारेमा नियम नै बनाउँ पर्दछ । धेरैजसो अपराधजन्य कृयाकलापमा केहि हदसम्म नियन्तरण हुनसक्छ ।
अहिलेको अवस्थामा आर्काको देशमा पुगेर गास बास र कपासको व्यवस्था गर्नेहरू धेरैजसोको घर परिवार नै डामाडोल अबस्थामा भएको देखिन्छ । जस्को स्थायी रूपमा समाथान गर्ने जिम्मा सरकार र स्वंयम समाजको पनि हुन्छ ।