Advertisement Banner
Advertisement Banner

२१ शुक्रबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

नेतानै सुन काण्डमा, जिम्मेवारी लिन पर्दैन ?

०४ मंगलबार , बैशाख २०८११७ दिन अगाडि

नेतानै सुन काण्डमा, जिम्मेवारी लिन पर्दैन ?

प्रेम सागर पौडेल : नेपाल–चीन पारस्परिक सहयोग समाज - - - - 
सत्ता राजनीतिमा डामेका साँढेहरूकै जगजगी छ । देश र जनता त हात्तीका देखाउने दाँत न हुन् । मिडियाले जतिसुकै चिच्याएर दाबी गरेपनि यो सरकार ईण्डो–वेष्टर्नको चीनलाई नेपालमा रोक्ने समीकरण नै हो । यिनीहरू नेपाल र चीन विरोधी शक्तिका दलालहरू हुन् । यसमा कसैलाई भ्रम नरहोस् । यथार्थ यही हो ।
स्थिति भयावह छ, देशलाई सर्वाेपरी ठानेर अगाडि बढ्नुपर्नेमा कोही चिन्तित छैनन् । देशभक्तिलाई कहिल्यै मर्न नदिऊँ भन्ने पनि कुनै नेता छैनन् ।
यहीकारण नेपालको राजनीति दिनप्रतिदिन पेचिलो बन्दैछ । बाह्य प्रभावमा सरकारको स्वरूप परिवर्तनको कसरत फेरि पनि जारी छ । देउवाको समूह यो गठबन्धनमा सहभागी हुनसक्छ, वर्तमान सत्ताले छाती चौडा बनाएर स्वागत गर्दा हुनेथियो । के गर्नु, ब्यक्तिगत स्वार्थ र अहँकारमा चुर्लुम्म डुबेकाले देशलाई पनि डुबाउने भए । श्रोत भन्छन्– सुन उडेर गुडेर र हिडेर आइरहेको छ । महरा लगायत कमजोरलाई समातेर पश्चिमाको लागि खुला र सुरक्षित क्षेत्र बनाइँदैछ । महराले पनि मालिकको नाम फ्याट्ट भनिदिए हुनेथियो । तत्कालीन उपराष्ट्रपतिको समेत सुन तस्करीमा प्रमाणहरू सार्वजनिक भएपछि पार्टी अध्यक्षले जिम्मेवारी लिनुपर्दैन ? सेटिङ सुरक्षित भयो भन्दै नाच्नेमात्र ।