Advertisement Banner
Advertisement Banner

२७ शनिबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

नर्वे दूतावास पत्रिका चलाउछ

०६ सोमबार , पौष २०७२११ बर्ष अगाडि

हिमाल मिडियाका कनकमणि दीक्षितलाई अख्तियारले समन जारी गर्दा ठूलै हल्लाखल्ला मच्चिएको छ। नेपाली पत्रकारितामा साना पत्रपत्रिकाहरुको हक, अधिकार मिचिएको छ, फस्टाउन सकेका छैनन्। लगानी सानो छ, बजार पनि सानो छ। तर नर्वेली दूतावासले साउथ एसिया ट्रष्टका नाममा बर्षेनी निरन्तर करोडौं लगानी गरिरहेको खुलेको छ। र, स्वयं कनकमणि दीक्षितले रकम लिएको पुष्टि गरेका छन्। क्षेत्रीय शान्ति र विकास प्रवर्द्धन गर्ने आमसञ्चार माध्यमको प्रयोग परियोनाका लागि रकम लिएको दीक्षितले भनेका छन्। उनको दावी रहेको छ, यो नेपालको कानुन सम्मत रहेको छ। आश्चर्य त के छ भने करोडौं लिएर दीक्षित र उनको साउथ एसिया ट्रष्टले के कस्तो शान्ति स्थापनाका लागि प्रवर्द्धन गरिरहेको छ, कुनै पनि सञ्चारमाध्यम अथवा लोकलाई थाहा छैन।
युरोपियन र स्केण्डेनेभियन मुलुकहरु नेपालमा जातजातिवाद फैलाउन आइएनजीओ चलाइरहेका छ। नेपालमा यतिखेर भेग, भाषा, जातिको जुन दुर्भावना फैलिएको छ, नर्वेकोजस्तै देखिने, नदेखिने लगानीले काम गरिरहेकोमा शंका छैन। तथापि उनीहरु सतर्क छैनन्। नेपाल गरिब छ, गरिबलाई पैसा दिएर किन्न, उचाल्न पछार्न सकिन्छ भन्ने उनीहरुको विश्वास छ। तिनकै पैसाले नेपालमा धार्मिक विवाद र संविधानमा समेत साह्रै महगो द्वन्द्व बढेर गएकोमा शंका छैन।