Advertisement Banner
Advertisement Banner

२० शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

साना छौं तर नहेप

०२ मंगलबार , माघ २०८०३ बर्ष अगाडि

साना छौं तर नहेप

मालद्विभ्सले भन्यो हाम्रा नेताले भन्न सकेनन्
साना छौं तर नहेप
माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाई स्पष्ट भनिदिएका छन्– ‘साना छौं, तर हेपाई सहन्नौं ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुपचुप लक्ष्यद्वीप भ्रमण गरेको फोटो सार्वजनिक गरेपछि मालदिभ्स रिसाएको छ, भारत र माल्दिभ्सबीच तनाव बढेको छ । मालदिभ्सका राष्ट्रपतिले भारतलाई अटेर गरेर चीन भ्रमणमा गएका थिए, त्यसको जवाफमा मोदी लक्ष्यद्वीप सयर गर्न गएका थिए ।
सामाजिक सञ्जालमा फोटो देखेपछि र रिपोर्ट प्राप्त गरेपछि माल्दिभ्सका राष्ट्रपतिले पहिलो प्रतिक्रिया दिंदै भनेका हुन्– सानाछौं, हेपाइ सहन्नौं ।
भारतको हिन्दुस्तान टाइम्सका अनुसार चीनको पाँच दिने भ्रमण पूरा गरी माल्दिभ्स फर्किएका राष्ट्रपति मुइज्जुले पत्रकार सम्मेलन गरेरै भनेका थिए– ‘हामी साना भए पनि हामीलाई धम्की दिने इजाजत कसैलाई दिइएको छैन ।’ हामी कसैको धम्की सहन तैयार छैनौं । अर्थात राष्ट्रपतिले भारतलाई नहेप्न खबरदारी गरिदिएका हुन् ।
चीन भ्रमणको अन्त्यमा चीन र मालदिभ्सले संयुक्त बक्तव्य जारी गरेका थिए । बक्तव्यमा भनिएको छ– ‘दुवै पक्ष आफ्नो मूल हितको रक्षा गर्न एक अर्कालाई कडा समर्थन जारी राख्न सहमत छन् ।’ चिनियाँ पर्यटक मालदिभ्स पठाउन गरेको आग्रहलाई चीनले सकारेको छ । माल्दिभ्सका राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँग वार्ता र २० थान सम्झौता गरेपछि भारत नराम्ररी भड्किएको देखिएको छ ।
नेपालभन्दा धेरै सानो मालदिभ्सका राष्ट्रपतिले यसरी आफ्नो स्वराजका लागि अडान कायम राखेका छन् तर नेपालले भारतका सामु लम्पसारवादी नीति लिनु र व्यवहार देखाउनुले नेपालीत्वका लागि गर्व गर्नेहरू लज्जित हुनपुगेका छन् । त्यस्तो हैसियत र आँटवाला नेता कहिले जन्मिएलान् ?