Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

नेपालको १ सय ८२ देशसँग कूटनीतिक सम्बन्ध

२० आइतबार , फाल्गुण २०८०५ महिना अगाडि

नेपालको १ सय ८२ देशसँग कूटनीतिक सम्बन्ध

नेपालले विश्वका १ सय ८२ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेसंगै कूटनीतिक सम्बन्ध स्थापना भएका देशको संख्या १ सय ८२ पुगेको हो ।

नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोङ्गाका स्थायी प्रतिनिधि भिलिमी भ्याइङ्गा टोनेले हस्ताक्षर गरेका छन् ।

हालै भएको नेपाल र टोङ्गाबीच कूटनीतिक सम्बन्ध स्थापना बारे जानकारी राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि नेपालका स्थायी प्रतिनिधि थापा र टोङ्गाका स्थायी प्रतिनिधि भ्याइङ्गा टोनेले हस्ताक्षर गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले उक्त दस्तावेजमा हस्ताक्षर गरेको बताईएको छ ।

उक्त कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धि कार्यक्रममा दुवै देशका राजदूतले पारस्परिक सहयोग, द्विपक्षीय सम्बन्ध विस्तारका साथै क्षेत्रीय एवं अन्तरराष्ट्रिय मञ्चहरूमा सहयोग एवं साझेदारी प्रवर्धन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सन् १९९९ सेप्टेम्बर १४ मा टोङ्गाले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो भने नेपाल र टोङ्गा ग्रुप ७७ र चीनका सदस्य समेत हुन् ।