Advertisement Banner
Advertisement Banner

१० बिहिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

अमिर शेखलाई २१ तोपको सलामी,आज सार्वजनिक बिदा

११ मंगलबार , बैशाख २०८१२ बर्ष अगाडि

अमिर शेखलाई २१ तोपको सलामी,आज सार्वजनिक बिदा

दुईदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपाल सरकारले २१ तोपको सलामी सहित सम्मान गर्ने भएको छ । उनि ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल भ्रमणमा आउँदै छन् । उनी नेपाल आउने दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

१० जना कतारी मन्त्री सहित कतारको प्रतिनिधिमण्डलमा भ्रमणमा सहभागी हुने बताईएको छ । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण भएको र कतारका शेख अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने बताईएको छ ।

अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । उनलाईलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारी रहेको छ । विमानस्थलको अति विशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । अमिर थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि दुवै जनाले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा हुनेछ । अमिर शेख वैशाख १२ गते स्वदेश फर्कने छन् ।