Advertisement Banner
Advertisement Banner

२६ शुक्रबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

नेपाललाई नाका खोल्यो बंगलादेशले

१० सोमबार , फाल्गुण २०७२११ बर्ष अगाडि

बंगलावन्ध नाका नेपालबाट नजिक पर्ने नाका हो। नेपालमा भूकम्प जाँदा एकलाख मेटन चामल सहयोग गरेको बंगलादेशले नाकावन्दीपछिको छटपटीमा राहत दिन बंगलाबन्धमा अध्यागमन कार्यालय खोलेर व्यापार गर्न स्वागत गरेको छ। तर, भारत भएर जानुपर्ने भएकाले यो अनुमति लिन प्रधानमन्त्री केपी ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसबारेमा कुरा उठाउनसमेत सकेनन्।

काकडभिट्टाबाट फूलबारी मार्गहुँदै बंगलाबन्ध पुग्न ५८ किलोमिटरमात्र टाढा पर्छ। एकघण्टामा बंगलादेश पुग्न सकिन्छ। यो मार्ग व्यापारिक प्रयोजनका लागि खोल्न सके बंगलादेशसँग आयातनिर्यात सहज हुनसक्छ। जसकालागि पहिले देखि प्रयास भएको हो र भारतले अनुमति दिइरहेको छैन। यो मार्ग अहिलेसम्म मात्र आवतजावतका लागि प्रयोग हुँदै आएको छ। व्यापार अति सिमित हुनेगरेको छ। बंगलादेशका गृहमन्त्री असाद उज्जमन खानले अध्यागमनको उद्घाटन गरेका छन्। र, यो नाकाको प्रयोजन नेपालले गर्नसके ग्यासको आपूर्तिसमेत सहज हुनसक्छ। जुन कुरा भारत चाहदैन र व्यापारका लागि यो नाकाबाट सुविधा दिन भारतले अड्चन गर्दै आएको छ।