Advertisement Banner
Advertisement Banner

२५ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

भेनेजुएलाका राष्ट्रपतिको विमान जफत

१८ मंगलबार , भाद्र २०८१एक महिना अगाडि

भेनेजुएलाका राष्ट्रपतिको विमान जफत

भदौ १८ गते । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई समाते १५ मिलियन इनामको घोषणा गरिएको छ । अमेरिकाले प्रतिबन्ध उल्लंघन गरेको भन्दै राष्ट्रपतिको विमान जफत गरिएको छ ।
विमान फ्लोरिडा लगिएको छ । यस घटनालाई अमेरिका भेनेजुएलाको पुरानो दु्शमनीलाई कारक मानिएको छ ।
भेनेजुएलामा भ्रष्टाचार भएको भन्दै अमेरिाले जाँच गरिरहेको छ । दुबै देशवीच सम्बन्ध चिस्सिएको छ । सिएनएन लेख्छ– यो घटना कहिले नसुनिएको घटना हो । कोही पनि कानुन र अमेरिकी प्रतिवन्धभन्दा माथि छैन । उता घोमिनिक सरकारले जफत गरिएको विमान भेनेजुएला सरकारको नाममा दर्ता नभएर कुनै एक व्यक्तिको नाममा दर्ता भएको दाबी गरेको छ ।

अमेरिकाले उक्त विमान रोक्का राखेर त्यसमार्फत हुने तस्करी र मुद्रा शुद्धीकरणमा अनुसन्धानका लागि सहयोग गर्न अनुरोध गरेसँगै डोमिनिकन सरकारले गत मेमा राष्ट्रिय अदालतमार्फत विमान रोक्का राख्न आदेश दिएको विदेशमन्त्री रोबर्टो अल्भारोजले भनेका छन् ।

अमेरिकी सरकारी वकिल मेरिक गारल्याण्डले एक वक्तव्यमा भनेका छन्, – अमेरिकाको न्याय विभागले एउटा विमान जफत गरेको छ, जुन १३ मिलियन डलरमा एक अफासोर कम्पनीमार्फत अवैध रूपमा खरिद गरिएको थियो । उक्त विमानलाई निकोलस मदुरो र उनका सहयोगीले अमेरिकाबाहिर तस्करीका लागि प्रयोग गरिरहेका थिए ।
सीएनएनको समाचार छ– डासल्ट फाल्कन ९०० इएक्स विमान फ्लोरिडाको एक कम्पनीबाट खरिद गरेर अप्रिल २०२३ मा अमेरिकाबाट क्यारिबियन हुँदै भेनेजुएलामा अवैधरूपमा निर्यात गरिएको थियो । यसलाई मदुरोको अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गरिन्थ्यो र प्रायः भेनेजुएलाको सैन्य बेसमा आउने र जाने गर्थ्यो । विमान जफत गरेपछि भेनेजुएला रुष्ट भएको छ । भेनेजुएलालले भनेको छ– यो भेनेजुएलामाथिको अमेरिकी आक्रमण हो । स्मरणीय छ– अमेरिकाको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसनले भेनेजुएलातर्फ जाने विलासी गाडी र अन्य सामान पटक(पटक जफत गर्ने गरेको छ ।
अमेरिकाले हालै भेनेजुएलाको सरकारलाई राष्ट्रपतीय चुनावको तथ्यांक तत्काल सार्वजनिक गर्न दबाब दिएको थियो । मदुरोले चुनावमा धाँधली गरेर जितेको अमेरिकाको दाबी छ । अमेरिकाको आर्थिक प्रतिबन्धका कारण भेनेजुएला आर्थिक संकटमा छ । अमेरिकाले २०२० को मार्चमा अमेरिकाले राष्ट्रपति मदुरो र १४ जना वर्तमान एवं पूर्व अधिकारीहरूलाई लागूऔषध तस्करी र भ्रष्टाचारको आरोप लगाएको थियो । अमेरिकी अन्तर्राष्ट्रिय लागूऔषध र कानून प्रवर्तन मामिला ब्यूरोले मदुरोलाई समातेर अमेरिकालाई बुझाउने व्यक्तिलाई १५ मिलियन डलर इनाम दिने घोषणा गरेको छ । सन् २०१७ मा मदुरोकी पत्नी सिलिया फ्लोरेसका दुई भतिजलाई न्यूयोर्क सिटीको संघीय अदालतले १८ वर्षको कारावास सजाय सुनाएको थियो । त्यतिबेला ८ सय किलोग्राम कोकिन अमेरिकातर्फ तस्करी गर्ने प्रयास गरेको अमेरिकाको आरोप थियो । दुवै जना २०२२ मा कैदी आदानप्रदानका क्रममा छाडिएका थिए ।