Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

चीन र भारतवीच सेना फिर्ता गर्ने सहमति

११ शुक्रबार , आश्विन २०८१२ बर्ष अगाडि

चीन र भारतवीच सेना फिर्ता गर्ने सहमति

चीन र भारतबीच विवादित सीमा क्षेत्रबाट सेना अझै हटाउने सहमति भएको बेइजिङले बताएको छ। यसलाई दुई आणविक शक्तिसम्पन्न छिमेकीबीचको तनाव अझ कम भएको संकेत मानिएको छ।
बिहीबार पत्रकार सम्मेलनमा यससम्बन्धी प्रश्नमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भने, ‘दुई पक्षले विमति अझ घटाएका छन् भने सहमति बढाएका छन्।’
‘चिनियाँ र भारतीय अधिकारीहरूले कूटनीतिक र सैन्य च्यानलमार्फत निकट संवाद र विचारको आदानप्रदान जारी राखेका छन्,’ प्रवक्ता चाङ स्याओकाङले भने, ‘संवाद र परामर्शलाई अझ अघि बढाउन, एकअर्काको वैध चासोलाई सम्बोधन गर्न र सकेसम्म चाँडो दुवै पक्षलाई स्वीकार हुने समाधानमा पुग्दा सहमत छन्।’
सन् २०२० मा लद्दाखको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपपछि दुई मुलुकको सम्बन्धमा तनाव चुलिएको थियो। सो घटनामा २० भारतीय र ५ चिनियाँ सैनिकको ज्यान गएको बताइएको थियो।
त्यसयता सीमा संकट पार लगाउन सैन्य र कूटनीतिक गरी ५० चरणभन्दा बढी वार्ता भइसकेको छ।
गत जुलाईमा दुई देशका विदेशमन्त्रीबीच लाओसमा वार्ता भएको थियो भने यसै महिना भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले रुसमा वाङ यीसँग वार्ता गरेका थिए।
बुधबार न्युयोर्कमा एक सम्बोधनका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले पूर्वी लद्दाखबाट चीन र भारतले सेना पछि हटाउने विषयमा ७५ प्रतिशत समस्या समाधान गरिसकेको बताएका थिए।
‘अहिलेको मुख्य मुद्दा भनेको गस्ती हो,’ उनले भनेका थिए, ‘हामी दुवैले कसरी लाइन अफ एक्चुअल कन्ट्रोलसम्म गस्ती गर्नेरु’ एजेन्सी