Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

देशहितमा उभिए भ्रमण सफल हुन्छ

१२ बुधबार , मंसिर २०८११४ दिन अगाडि

देशहितमा उभिए भ्रमण सफल हुन्छ

प्रम ओलीको भ्रमण माओवादीले भनेजस्तो मिष्ठान्न खाना र घुमघाममा सिमित नहोस् । देशका प्रधानमन्त्री हुन्, उनलाई देशहितमा चीनसँग सम्बन्ध बढाउन हिम्मत दिनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेको छ ।
काठमाडौं । २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाल भ्रमण गर्दा चीनविरोधीलाई धुलोपिठो पार्ने सन्देश दिएर गएका थिए । त्यसपछि नेपालले चीनसँग विश्वास बढाउनेभन्दा गुमाउने कर्म गर्दै आएको छ । मंसिर १७ मा चीन भ्रमणमा जान लागेका प्रम केपी ओलीले सीसँगको भेटमा कसरी विश्वस्त पार्लान् ?
चीनसँगका पारवहन र यातायात सम्झौतामा कुरा होलान् ? चीनलाई  नेपालले सन्तुलनको बाटो छोड्न थालेको, एकातर्फ ढल्किन थालेको र चीनसँगको सम्बन्धलाई कम आँक्न वा महत्व दिन थालेको हो कि भन्ने शंका चीनको छ । यी तमाम शंका मेटाएर प्रम ओलीले नेपाल–चीन सम्बन्ध पुनर्ताजगी गराउन सक्लान् ? 
प्रम ओलीले २०१७ मा नेपालले सही गरेको बीआरआईमा छानिएका १३ आयोजनाको कार्यान्वयन, विद्युत व्यापार, सम्बन्ध विकासको जग हाल्न सक्लान् ?