Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

नेपाल र चीन बीच सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

१८ मंगलबार , मंसिर २०८१२ बर्ष अगाडि

नेपाल र चीन बीच सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङ बीच भएको दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको जनाईएको छ । भेटवार्ता अघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणका लागि हिजो मंसिर १७ गते बेइजिङ प्रस्थान गरेका हुन् । ४ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली सहितको टोलि मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायतका रहेका छन् ।