Advertisement Banner
Advertisement Banner

२० आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

बर्दिया निकुञ्जको यो चित्ताकर्षक दृश्य

२३ मंगलबार , चैत्र २०७२१० बर्ष अगाडि

Bardia-Nepal-- बर्दिया निकुञ्जमा यस्ता जनावर पनि छन्, जो बिसौं फिट माथिसम्म हाइजम्प गर्न सक्छन् र यस्ता वन्यजन्तुले यसरी हाइजम्प गरेर दौडेको दृश्य चित्ताकर्षक देखिन्छ। यो दृश्य हेर्न पर्यटकहरु आकर्षित हुने गरेका छन्। वन्यजन्तुको सिकारीहरुले बर्दिया राष्ट्रिय निकुञ्जका जन्तुहरुको चोरी सिकारी गर्ने क्रम बढेर गएको छ। चितवन निकुञ्जबाट ठाउासारी गरिएका गैंडा, बाघसमेत मारिएका घटना पनि देखिएका छन्। ठाउासारी गरिएको हो कि मारिएको? प्रश्न उठ्न थालिसकेको छ। चितवनका वन्यजन्तुको उपयुक्त थलो चितवन निकुञ्ज नै हुनसक्छ, बर्दिया होइन, ठाउासारी नगर भन्ने विज्ञहरुले आवाज उठाइरहेका छन्। तथापि सरकारले डब्लु डब्लु एफजस्ता संस्थाहरुको वन्यजन्तु गन्ती गर्ने, ठाउासारी गर्ने र वन्यजन्तुको संख्या बढाउने नाममा आर्थिक सहयोग गरिरहेका छन् र त्यही सहयोगमा र्‍याल चुहाएर वन मन्त्रालय र मातहतका निकाय, कर्मचारी लहै लहैमा लागिरहेका छन्। जसले गर्दा वन्यजन्तु बढी जोखिममा परेको विज्ञहरुको धारणा छ।

पर्यटन प्रवर्द्धनका नाममा निकुञ्जभित्रै व्यवसाय सञ्चालन गर्न दिने विषय पनि विवादमा पर्दै आएको छ। कतिपय निकुञ्ज भित्र र वरपरका व्यवसायीहरुले वन्यजन्तुको चोरी सिकारीमा सघाएको, मिलोमतो गरेका घटना पनि छन्। यसकारण कसरी वन्यजन्तुको संरक्षण गर्न सकिन्छ, यसतिर विशेष निगरानी हुन जरुरी छ।