Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

प्रधानमन्त्री ओलीसँग युएईका राजदुत अब्दुल्लाको भेट

०३ बुधबार , पौष २०८१२ बर्ष अगाडि

प्रधानमन्त्री ओलीसँग युएईका राजदुत अब्दुल्लाको भेट

नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदुत अब्दुल्ला अल शम्सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा राजदुत अब्दुल्लाले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

प्रधानमन्त्री निवासमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबईमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरेका थिए । उक्त अवसरमा दुई देशबीचको आपसी मित्रतालाई अझ प्रगाढ र मजबुत बनाउने विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदुत र प्रधानमन्त्रीको भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुनसक्ने सम्झौता र सहकार्यका विषयमा समेत छलफल भएको बताइएको छ ।