
पूर्वराजा शाहद्वारा जम्मु–कश्मीरको आतंकवादी हमलाको निन्दागर्नुभएको छ ।
शनिबार समवेदना सन्देश जारी गर्दै उक्त हमलाको निन्दा गर्नुभएको हो । राजाबाट विश्व र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको उक्त घटनाको जति निन्दा गरे पनि कम हुने अभिव्यक्त भएको छ ।
‘वसुधैव कुटुम्बकम्को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दु धर्मालम्वीहरुको दिव्य मान्नुभएको छ । ‘सम्पूर्ण विश्व क्षेत्र र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ। त्यस्तो घटनाको विश्वव्यापी भत्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनुपर्छ भन्ने हाम्रो धारणा छ।’
उक्त आतंककारी आक्रमणका कारण हिन्दु यात्रीहरुको निधन भएकोमा आफूलाई दुःख लागेको राजाले बताउनु भएको छ । उक्त घटनामा ज्यान गुमाउने नेपाली नागरिकसहित सबैप्रति उनले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
साथै राजाबाट भारत सरकारप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।