Advertisement Banner
Advertisement Banner

२० आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

राजदूतको घोषणाः राष्ट्रपति भारत जाँदैछिन्

१३ सोमबार , असार २०७३१० बर्ष अगाडि

प्रधानमन्त्री र राजदूत सँगै योग गर्छन्, कुम जुधाएर बस्छन् र पनि प्रधानमन्त्री केपी ओली स्वाभिमानका कुरा गरेर थाक्दैनन्। कुनै पनि मुलुकमा नदेखिने दृश्य नेपालमै देखिन्छ।  यहीकारण भन्ने गरिएको होला– कहीँ नभएको जात्रा हाँडीगाउँमा। भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएर र राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण (तीर्थयात्रा) रद्द गरेर ओली सरकारले ठूलै कूटनीतिक तरङ्ग ल्याएको थियो। तर असार १२ गते नेपालका लागि भारतीय राजदूत रंजित रायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण हुँदैछ, यो भ्रमणपछि नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने बताए।
नेपालको निर्णय सरकारले गर्ने हो कि राजदूतले? अर्घाखाँची पुगेर दूतावासको १ करोड ५१ लाखको आर्थिक सहयोगमा निर्माण भएको जनज्योति उच्च माध्यमिक विद्यालयको उद्घाटन समारोहमा राजदूतले यस्तो खुलासा गरेका हुन्। र, त्यही समारोहमा ओली सरकारका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई साक्षी राखेर दूतावासबाट पास गरिएको भारतको प्रशंसा गरिएको गीत गाउन लगाइएको थियो। राजदूतले मर्यादा त नाघे नाघे, ओली सरकार, सरकारका उपप्रधानमन्त्री आफैसमेत सामेल भएर भारतको प्रशस्ती  गाउन विद्यार्थीहरुलाई लगाउनुले भारतको मानसिक आतंक कुन हदसम्म बढेछ र सरकारको देशभक्ति कसरी क्षयीकरण भइसकेछ, बुझ्नेले राम्ररी बुझ्न पाएका छन्।
राजदूत विशिष्ट अतिथि र मन्त्री टोपबहादुर प्रमुख अतिथि रहेकै कार्यक्रममा देशको बेइजति? गीतको भाषामा भारतले जे भने पनि नेपालले मान्नुपर्छ भन्ने गीत उपप्रधानमन्त्रीले कसरी सुन्न सके? यिनको देशभक्तिपूर्ण नाक, कान, आँखा, मुख किन टालियो? स्मरणीय छ, यही स्कूल हो, जहाँ टोपबहादुर रायमाझी पढेका थिए।
यस्तो थियो गीत  
भारत छोडी अन्त नाता जोड्न पाउँदैनौं,
भारतसँग नाता छोडी कहीँ जान पाउँदैनौं  
भारतले जे भनेनी स्विकार गरि मान,
भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान
योभन्दा ठूलो अरु कहीं पाउँदैनौं ज्ञान।