Advertisement Banner
Advertisement Banner

०४ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

अमेरिकामा ट्रम्प र पुटिनवीच शिखर वार्ता

२९ बुधबार , श्रावण २०८२७ दिन अगाडि

अमेरिकामा ट्रम्प र पुटिनवीच शिखर वार्ता

साउन ३०, अगस्त १५ मा अमेरिकी राष्ट्रपति र रूसी राष्ट्रपति ट्रम्प र पुटिनवीच शिखर वार्ता हुनेभएको छ ।
यो वार्ताको अन्तर्य अमेरिकाले लगाएको ट्यारिफ र युक्रेन युद्धको अन्त्यका विषय हुनेछ । अलास्का नै किन ? जिज्ञासा धेरैको छ । अलास्का रूसी जारले ७.२ मिलियन डलरमा अमेरिकालाई बेचेको रणनीतिक क्षेत्र हो । यो क्षेत्र रूसको स्वर्ग मानिन्थ्यो र यहाँ सुनखानी पनि रहेको छ । 
युक्रेन युद्ध रोक्नका लागि राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनसँग चारपटक टेलिफोन वार्ता गरिसकेका छन् । अमेरिकाले युद्ध नरोकिए कडा कदम चाल्ने चेतावनी दिएका समयमा दुबै नेतावीच भेटवार्ता तय भएको छ । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले वार्ता अस्वीकार गर्दै रूस विश्वशान्तिका लागि खतरा भन्दै युक्रेनको पक्ष लिए, हतियार र सहयोग गरेका थिए । त्यसपछि यो वार्ता हुनलागेको हो र अलास्कामा हुनलागेकोले पनि यो भेट चर्चित बनेको छ । ट्रम्पले युक्रेन–रूस युद्ध राक्ने ठूलै कसरत गरे पनि सम्भव भइरहेको छैन र सम्बन्धमा चिसोपन बढेको छ । ट्रम्पले आफू राष्ट्रपति भएको २४ घण्टामा युद्ध रोक्ने दावी गरे पनि आधावर्षमा पनि सम्भव भएको छैन । युद्ध जारी छ, रूस आक्रामक बनेको छ, अमेरिकाले युक्रेनलाई आर्थिक, प्रविधि र सैन्य सहयोग जारी राखेको छ । यथार्थमा रूसलाई कमजोर पार्नकै लागि रूससँग व्यापार गर्नेहरूमाथि ट्यारिफ बढाइरहेको छ, खासगरी भारतलाई ठूलो असर परेको देखिन्छ । मोदीले समेत ट्रम्पसँग भेट्ने भएका छन् । अमेरिकाले बेच्ने लडाकु विमान नकिन्ने घुर्की देखाएका छन् ।
गत फेब्रुअरी, मार्च, मे र जुनमा पुटिनसँग वार्ता गर्दा कुरा नमिलेपछि ट्रम्प आक्रोसित भएको स्थिति छ । ट्रम्पका विशेषदूत स्टिभ विटकफले यो वार्ता सम्भव गराएका हुन् । विश्वचासो छ– १५ अगस्तको शिखर वार्ताले ३ वर्षदेखि जारी रूस–युक्रेन युद्ध रोकिएला त ? यो वार्ताको बढी चासो युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई छ, उनी युरोपेली नेताहरूसँग छलफल गरिरहेका छन् । बेलायत र युरोपेली नेताहरूले युक्रेनलाई सँगै राखेर त्रीपक्षीय वार्ता गर्न जरूरी थियो भनेका छन् । यो शिखर वार्ताले युद्ध अन्त्य गराउन सके ट्रम्प सफल हुनेछन् ।