
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । बिहान काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवरतण गरेका विदेश सचिव मिश्री विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
बिहान १०ः३० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भटेर त्यहाँबाट शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई भेटिपछि त्यहाँबाट सचिव मिस्रीले बुढानीलकण्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।
सभापति देउवासँगकाे भेटपछि उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाने र प्रचण्डलाई भेटिपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने जनाइएको छ । सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।
परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने तयारी रहेकाे छ । भाेलि भदौ २ गते सचिव मिश्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गर्ने र प्रधानमन्त्री ओली भदौ ३१ र असोज १ गते भारतकाे दुई दिन भ्रमण गर्ने तयारी रहेकाे छ ।