Advertisement Banner
Advertisement Banner

२७ आइतबार, पौष २०८२9th January 2026, 2:05:00 am

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

०९ सोमबार , भाद्र २०८२५ महिना अगाडि

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणमा नेपालको तीन दिने भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएकाे छ । भेटवार्ता राष्ट्रपति कार्यालय शीतल निवासमा भएकाे हाे ।

भेटवार्तापछि उपराष्ट्रपति सुआन पुनः सोल्टी होटल फर्केर दिवा भोजमा सहभागी हुने र दिउँसो २ बजे बौद्ध स्तुपाको भ्रमण गरेर त्यहाँबाट सोझै साढे ३ बजे पाटन दरबार स्क्वायर पुग्ने बताइएको छ । नेपालकाे तीनदिने भ्रमणमा रहेकी उपराष्ट्रपति सुआनले यसअघि समकक्षी उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकि थिइन् ।

प्रधानमन्त्री ओलीसँग भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरूले अनुभव आदानप्रदान गर्नुका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल गरेका थिए भने भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको बताइएकाे छ ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा नेपाल आइपुगेकि भियतनामका उपराष्ट्रपति सुआन आज राति सोल्टी होटलमा डिनर गरेर साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने र राति साढे ११ बजे थाइ एअरवेजको उडान मार्फत बैंकक हुँदै स्वदेश फर्कने कार्यक्रमा रहेकाे छ ।