
दक्षिण कोरियाका राष्ट्रपति ली जे मुङले अमेरिकी राष्ट्रपतिसँग कोरियाली प्रायद्विपमा शान्ति ल्याउन सहयोग मागेका छन् । यसको जवाफमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने योजना रहेको खुलासा गरेका छन् ।
दुबै राष्ट्रपतिवीच अगस्ट २५ का दिन वाशिङ्टनस्थित ओभल कार्यालयमा दक्षिण कोरियाका राष्ट्रपति ली जे मुङसँग भेटवार्ता भएको हो । रक्षा र व्यापारका विषयमा छलफल भएको छ । मुख्य छलफल कोरियाली प्रायद्विपमा रूस, चीन र जापानको खतरा, शान्ति र उत्तर कोरियाको बढ्दो आणविक हतियार क्षमताबारेमा भएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले किम जोङ उनसँग राम्रो दोस्ती भएको र भेट्न चाहेको बताएका हुन् ।
दक्षिण कोरियामा ४० हजार अमेरिकी सैनिक तैनाथ छन् । सम्बन्ध सुमधुर छ । गत जुनमा राष्ट्रपति बनेपछि लीको यो पहिलो र महत्वपूर्ण भ्रमण मानिएको छ । राष्ट्रपति लीले पहिलो कार्यकालमा सम्बन्ध स्थिर थियो, अहिले तनाव बढेको बताए र शान्ति स्थापनाका लागि मद्दतको आग्रह गरेको रूस, चीन निकट स्रोतले बताएका छन् ।
ली उत्तर कोरियाप्रति नरम नीति राख्ने नेता मानिन्छन् । तर राष्ट्रपति भएपछि उत्तर कोरियाले दक्षिण कोरियाप्रति तिक्त र नकारात्मक टिप्पणी गर्दै आएको छ । राष्ट्रपति लीले भनेका छन्– “मलाई लाग्छ तपाईं विश्वको शान्ति मुद्दाहरूमा यति धेरै चासो राख्ने र वास्तवमा उपलब्धिहरू हासिल गर्ने पहिलो राष्ट्रपति हुनुहुन्छ,” लीले भने । “त्यसैले, मलाई आशा छ कि तपाईं कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न‘हुनेछ ... र किम जोङ उनसँग भेट्नुहुनेछ ।”
एचभकष्मभलत ीभभ व्बभ ःथगलन बममभम तजबत “क्ष् तजष्लप थयग बचभ तजभ ाष्चकत उचभकष्मभलत तय जबखभ कय mगअज ष्लतभचभकत ष्ल तजभ धयचमिुक उभबअभ ष्ककगभक बलम बअतगबििथ mबमभ बअजष्भखझभलतक, क्य, क्ष् जयउभ थयग धयगमि mबपभ उभबअभ यल तजभ प्यचभबल एभलष्लकगबि ‘ बलम mभभत धष्तज प्ष्m व्यलन ग्ल। ज्भ बममभम तजबत जभ धयगमि “बअतष्खभथि कगउउयचतू त्चगmउ ष जभ धबलतभम तय “उबिथ तजभ उभबअझबपभच, बलम तजबत तजभ ग्क् उचभकष्मभलत धबक “तजभ यलथि उभचकयल धजय अबल बअतगबििथ कयखिभ।ू तभलकष्यलक दभतधभभल ल्यचतज बलम क्यगतज प्यचभब, धजय चझबष्ल तभअजलष्अबििथ बत धबच बातभच तजभ प्यचभबल ध्बच भलमभम ष्ल ज्ञढछघ धष्तज बल बचmष्कतष्अभ, लयत ब उभबअभ तचभबतथ।
अमेरिकी राष्ट्रपतिले दक्षिण कोरियाका रूढीवाद बिरोधी नयाँ राष्ट्रपति लीको नाडी छामेका छन् । व्यापार, सैनिक सम्बन्ध र अमेरिकाको महत्वबारे बुझेका छन् । अमेरिकाले मेक अमेरिका ग्रेट अगेनका योजनाका विषयमा दक्षिण कोरियालाई सम्झाएका छन् । अमेरिकी दबाब बुझाएका छन् । दक्षिण कोरियाका साथमा ठूला संस्था र व्यापारी गएका थिए, जसले ठूलो लगानी गर्ने घोषणा पनि गरेका छन् । दक्षिण कोरियाले ५० अर्ब डलर बराबरको १०३ बोइङ खरिद गर्नेछ । हुन्डाइले अमेरिकामा २६ अर्ब डलर लगानी गर्नेछ । कुल १५० अर्ब डलर लगानी गर्ने घोषणा भएको छ । राष्ट्रपति लीले राष्ट्रपति ट्रम्पलाई विशेष उपहारहरूमा “मेक अमेरिका ग्रेट अगेन“ अभियान नारा, दर्जीले बनाएको गोल्फ पुटर, र “टर्टल शिप“ मोडेलको कढ़ाई गरिएको दुई काउबॉय टोपीहरू छन् । यो कोरिया र अमेरिकावीचको मैत्री भावना पनि हो । यसमा ट्रम्पले ठट्टा गरे– उत्तर कोरियामा ट्रम्प टावर निर्माण गरिनुपर्छ, ताकि म प्योङयाङमा पनि गल्फ खेल्न सकूँ ।
यो अवसरमा दक्षिण कोरियाका राष्ट्रपतिले भनेका थिए– उत्तर कोरियासँग वर्षेनी १० देखि २० आणविक उत्पादन गर्ने क्षमता बिकसित भइसकेको छ । यसकारण पनि शान्ति जरूरी भएको छ । यस सम्बन्धमा अमेरिकी साइन्टिसको आणविक सूचना निर्देशकले पनि भनेका छन्– उत्तर कोरियामा अतिरिक्त युरेनियम सम्बर्धन क्षमता बृद्धि भएको छ । दक्षिण कोरियाका राष्ट्रपति दुवै कोरियावीच शान्ति चाहन्छन्, ट्रम्प सहयोग गर्न तैयार भएका छन् । ट्रम्को प्रतिक्रिया थियो– म त्यो गर्नेछु, र हामी वार्ता गर्नेछौं । किम जोङ उन मसँग भेट्न चाहन्छन्, हामी उनसँग भेट्न तत्पर छौं, र हामी सम्बन्ध राम्रो बनाउनेछौं । तपाईंले त्यसलाई मद्दत गर्न‘हुनेछ ।
उत्तर कोरियाको प्रतिकृया नकारात्मक छ । केसीएनमार्फत आएको प्रतिकृया छ– अमेरिका र दक्षिण कोरिया बीचको संयुक्त सैन्य अभ्यासले कोरियाली प्रायद्वीप “कब्जा“ गर्ने अमेरिकाको योजना देखिन्छ । यसअघि नै उत्तर कोरियाका शीर्ष नेता किम जोङ उन र उनकी शक्तिशाली बहिनी यो जोङले भनेका थिए– उत्तर कोरियले आणविक शस्त्रागार कायम राख्नेछ र प्योङयाङमाथि आक्रमण भएमा आणविक हतियारले दक्षिण कोरियालाई ध्वस्त पारिनेछ ।
दक्षिण कोरियाका राष्ट्रपति अमेरिकी राष्ट्रपति ट्रम्पसँग शान्तिको गुहार र सम्बन्ध नविकरण गर्न अमेरिका जानुपूर्व उत्तर कोरियाले दुई वायु रक्षा क्षेप्यास्त्र परीक्षण गरेको नर्थ कोरियाको समाचारसंस्था केसीएनएले जनाएको थियो । रूस र नर्थ कोरिया, चीन र नर्थ कोरियावीचको गाढा सम्बन्धले नर्थ कोरिया अझ शक्तिशाली बनेको कूटनीतिक निष्कर्ष रहेको छ ।
किम जोङ उनसँग ट्रम्पको अघिल्लो भेट
राष्ट्रपति लीसँग प्रक्ष्ट भएका ट्रम्पले भनेका छन्– किम जोङ उनसँग “धेरै राम्रो सम्बन्ध“ छ । २०१७ मा उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहदा ट्रम्पले किमलाई लिटिल रकेट म्यान भनेर टिप्पणी गर्दै विश्वले नदेखेको आगो र आक्रोशले जवाफ दिने बताएका थिए । तर विश्वभरि तनाव बढेको समय २०१८ (सिंगापुर) र २०१९ मा (उत्तर दक्षिण छुट्याउने सीमा पानमानजोम) उनै ट्रम्पले किमसँग भेटवार्ता गरे, जुन अभूतपूर्व रहेको थियो ।
दक्षिण कोरिया उत्तर कोरियाको २.५ गुण बढेको लामो दूरीका आणविक हतियारबाट चिन्तित छ । यो स्थितिमा अमेरिका र दक्षिण कोरियाकाले हाइपर सोनिक र बहु ध्रुवीय खतरनाक मिसाइलहरू विकास गर्दै गरेको उत्तर कोरियालाई वार्ताको टेबुलमा ल्याउन सम्भव होला ? विज्ञहरू भन्छन्– उत्तर कोरियासँग भाइचारा दृष्टिकोण राख्ने दक्षिण कोरिया र राम्रो सम्बन्ध छ भन्ने अमेरिकाका लागि समे यो धेरै गाह्रो विषय हो । दुबै राष्ट्रपतिले एकादोस्रालाई राष्ट्रपति भएकोमा बधाई आदान प्रदान गरे । तर वार्ताको क्रममा चिन्ताको विषय थियो उत्तर कोरियाको आणविक शक्ति र कोरियाली क्षेत्रमा शान्ति स्थापनाको ।
अन्तमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने– म तपाईंसँगसहमत छु । किमसँग मेरो सम्बन्ध खराव छैन । मेरो विश्वास छ, उत्तर कोरिया वार्ताका लागि पर्खिरहेको छ । म आशा गर्छ‘ कि कोरियाली प्रायद्वीपमा शान्तिको युगको सुरू हुनेछ ।