Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

मेक अमेरिका ग्रेट अगेनका लागि राष्ट्रपति युद्ध गर्न परे पनि तत्पर

२५ बुधबार , भाद्र २०८२एक बर्ष अगाडि

मेक अमेरिका ग्रेट अगेनका लागि राष्ट्रपति युद्ध गर्न परे पनि तत्पर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रूपमा पहिचान दिनेगरी निर्देशन दिएपछि अमेरिकी सुरक्षामा धेरै कुरा बदलिन थालेका छन् । गत शुक्रवार राष्ट्रपतिले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयको नाम दिंदै रक्षामन्त्री पिट हेग्सेथलाई युद्ध मन्त्रीको रुपमा काम गर्न भन्नेछन् । सैनिक हेर्ने पेन्टागन पहिले युद्ध मन्त्रालय भनिन्थ्यो । जुन १७८९ मा क्याबिनेट निकाय र १९४७ सम्म अस्तित्वमा रहेको थियो । राष्ट्रपतिका अनुसार युद्ध मन्त्रालयको नाममले तत्परता र दृढ संकल्पलाई बुझ्न सकिन्छ ।
राष्ट्रपति ट्रम्पले चीनको सैनिक परेड, खतरनाक हतियार प्रदर्शन, रुसको तेल, युद्ध तथा भारतको नीति सबैतिर तीखो नजर लगाइरहेका छन् । ट्रम्पले मेक अमेरिका ग्रेट अगेनका सबै निर्णयमा कांग्रेसले साथ दिने विश्वास गरेका छन् ।
राष्ट्रपति ट्रम्पको ट्यारिफ नीतिका कारण रुस, चीन, भारत, नर्थ कोरिया नजिकिएका छन् । सैनिक परेडमा एकता प्रदर्शन पनि गरेका छन् । 
चीनमा आयोजित सैनिक परेडपछि अमेरिकी युद्ध मन्त्रालय दुबै अर्थपूर्ण रहेका छन् । अब हेर्नुछ, राष्ट्रपति ट्रम्पले युद्ध रोकेर नोबल शान्ति पुरस्कार पाउने छन् कि तेस्रो विश्वयुद्धतिर स्थितिले यू टर्न लिनेछ ?