Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीचको गहिरो दुश्मनी नै रुस–युक्रेन वार्ताको मुख्य अवरोध : ट्रम्प

३१ मंगलबार , भाद्र २०८२६ घण्टा अगाडि

भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीचको गहिरो दुश्मनी नै रुस–युक्रेन वार्ताको मुख्य अवरोध : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीबीचको गहिरो दुश्मनी नै रुस–युक्रेन वार्ता सम्भावनाको मुख्य अवरोध भएको बताएका छन्। उनले दुबै नेताहरूबीच “यति धेरै घृणा छ कि उनीहरूले झण्डै कुरा गर्न सक्दैनन्” भन्दै आफूले वार्तामा मध्यस्थता गर्नुपर्ने संकेत गरे।

ट्रम्पले युरोपेली राष्ट्रहरू रुसबाट तेल खरिद गरिरहेकामा पनि आलोचना गर्दै यदि शान्ति प्रक्रियामा प्रगति भएन भने मोस्कोको मुख्य निर्यातमा अमेरिकाले थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिए।

युक्रेनी सांसद ओलेक्सीय गोनचारेंकोले जेलेन्स्की वार्ताका लागि तयार रहेको बताउँदै, पुटिनले बलको भाषा मात्र बुझ्ने भएकाले रुसमाथि दबाब आवश्यक भएको टिप्पणी गरे। युक्रेनी विश्लेषक भिक्टर कोभालेन्कोले दुश्मनी मात्रै नभई दुवै पक्षले अनुकूल अवस्था खोजिरहेका कारण वार्ता रोकिएको बताएका छन्।

ट्रम्पले पनि रुसलाई “आक्रमणकारी” भनेका छन् र अन्ततः वार्ता हुनेछ भन्दै “सम्मेलन होस् या सामान्य भेट, म धेरै कुरा बोल्नुपर्नेछु” भने। हाल युक्रेनले रुसका तेल शुद्धीकरण केन्द्रमा ड्रोन आक्रमणमार्फत दबाब बढाउँदै वार्तामा ल्याउने प्रयास गरिरहेको छ।

यसबीच, युरोपेली संघका कतिपय सदस्य राष्ट्रहरूले अझै पनि रुसबाट ऊर्जा खरिद गरिरहेकाले पश्चिमी दबाब कमजोर भएको ट्रम्पको टिप्पणी थियो। वार्ता स्थगित भएको बताउँदै क्रेमलिनले पनि तत्काल प्रगति नहुने संकेत दिएको छ।

उता  चीनले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले (Nvidia) देशको प्रतिष्पर्धा–विरोधी (एन्टिमोनोपोली) कानुन उल्लङ्घन गरेको प्रारम्भिक नतिजा देखिएको भन्दै अनुसन्धान जारी राखेको जनाएको छ। यो कदम अमेरिका–चीनबीच म्याड्रिडमा सम्पन्न भएको पछिल्लो व्यापार वार्ताको अन्त्यसँगै आएको हो।

सिङ्गापुरस्थित रिपोर्टअनुसार, एनभिडियाले २०२० मा इस्रायली कम्पनी मेलानोक्ष टेक्नोलोजी किनेको सम्झौतासम्बन्धी सर्त तोडेको आरोप चीनको बजार नियामक (State Administration for Market Regulation) ले लगाएको हो। चीनले त्यतिबेला सम्झौता स्वीकृत गर्दा एनभिडियाले चीनलाई चिप आपूर्ति सुनिश्चित गर्ने वाचा गरेको थियो। तर, सन् २०२२ देखि अमेरिकी सरकारको निर्यात नियन्त्रणका कारण एनभिडियाले उच्च प्रविधिका एआई चिप चीनलाई बिक्री रोक्दा बीजिङले असमान व्यवहार भएको आरोप लगाउँदै आएको छ।

एनभिडियाले भने आफूले चीनको कानुन पालना गरेको र सबै निकायसँग सहकार्य गरिरहेको जनाएको छ। आइतबार अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेस्सेन्टले म्याड्रिडमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै TikTok सम्बन्धी प्रारम्भिक सहमति भएको जानकारी दिएका थिए।

एनभिडिया हाल अमेरिकी निर्यात नियन्त्रण र चिनियाँ नियामक दुवैको दबाबबीच परेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा एनभिडियालाई H20 नामक एआई चिप चीनमा बिक्री पुनः सुरु गर्न अनुमति दिएका थिए। तर, चीनले साइबर सुरक्षा चिन्ता देखाउँदै अस्थायी रूपमा खरिद रोकेको थियो। अब चीनले एनभिडियाको अझ उन्नत एआई चिप स्वीकृत हुने/नहुने विषय पनि वार्ता तालिकामा पर्न सक्ने संकेत गरेको छ।

विश्लेषक फेंग चुचेंगका अनुसार, एनभिडियालाई कारबाहीको सम्भावना देखाएर चीनले सन्देश दिएको छ कि अमेरिकासँग सम्झौता गर्न दबाबमा नरहेको र कृत्रिम बौद्धिकता (AI) क्षेत्रमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढिरहेको छ। हाल हुवावे, अलीबाबा, र बाइडु जस्ता चिनियाँ कम्पनीहरूले आफ्नै प्रविधि प्रयोग गर्दै विदेशी चिपको विकल्प विकासलाई तीव्र पारेका छन्।

@nepalmother.com