Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

पहिलोपटक जापनमा महिला प्रधानमन्त्री

०५ मंगलबार , कार्तिक २०८२१० महिना अगाडि

पहिलोपटक जापनमा महिला प्रधानमन्त्री

जापानको इतिहासमा सानेई तकाइची पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । जापानको दुवै सदनमा मंगलबार सम्पन्न निर्वाचनमा बहुमत प्राप्त गर्दै सानेई तकाइची प्रधानमन्त्री निर्वाचित भएकी हुन् ।

तकाइचीले संसद्को तल्लो सदन (४६५ सदस्यीय प्रतिनिधि सभा) मा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्री बनेकी हुन् । उनि हत्या भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक शिष्या समेत हुन् ।

जापानकी प्रभावशाली दक्षिणपन्थी नेतृ ६४ वर्षीया तकाइची तेस्रो प्रयासमा प्रधानमन्त्री बन्न सफल भएकी हुन् । उनी जापानमा ‘आयरन लेडी’ (Iron Lady) का रूपमा समेत परिचित छन्।

यसअघि विभिन्न मन्त्रालयहरू सम्हालिसकेकी सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की वरिष्ठ नेतृ समेत रहेकी तकाइची राजनीतिमा प्रवेश गर्नु अघि टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर समेत रहेकी थिइन् ।