Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

ट्रम्प र किम भेटवार्ताको सम्भाबना बढ्दैछ

२० बुधबार , कार्तिक २०८२९ घण्टा अगाडि

ट्रम्प र किम भेटवार्ताको सम्भाबना बढ्दैछ

अमेरिकी राष्ट्रपति र उत्तरकोरियाका शीर्ष नेता किम जोङ उनको भेटवार्ताको तीब्र प्रतिक्षा भइरहेको छ । यो भेटवार्ताले विश्वशान्तिमा ठूलो फड्को मार्नेछ ।
अमेरिकी राष्ट्रपतिले उनलाई भेट्दा खुशी हुने प्रतिक्रियादिएका थिए । एपेक शिखर सम्मेलनको बेला समय मिलाउन नसकेर भेट नभएको होला तर भेटको सम्भाबना छ । उत्तरले ट्रम्प दक्षिण कोरिया आउँदा क्रुज मिसाइल परीक्षण गरेर आफ्नो शक्ति देखाएको थियो ।
६ वर्ष भयो, ट्रम्पले पानमानजोम स्थित उत्तरको धर्तीमा पाइला हालेको । उनी यसरी उत्तरको धर्ती टेक्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । आफ्नो पहिलो कार्यकाल अर्थात २०१८–१९ मा ट्रम्प र किम जोङ उनवीच तीनपल्ट भेटवार्ता भएको थियो । दुबै नेताले आआफ्ना तरिकाले प्रतिक्रिया दिए पनि दुबैवीचको संवादका विषय स्पष्ट छैनन् ।
यो तस्वीर २०१९ को भेटको हो । अमेरिकाको कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रीकरणको योजना कायमै राखेको छ । उत्तर कोरिया उर्जासहितका आफ्नो विकासका लागि परमाणु विकास अपरिहार्य बताउँछ । अर्थहीन चाह नराख्न भन्छ ।
ट्रम्पले उत्तरसँगको वार्ताका कठिनाई स्वीकारेका छन् र भन्छन्– उनीहरूसँग धेरै पारमाणविक अस्त्रहरू छन् – तर व्यापक रूपमा टेलिफोन सेवा नै छैन । गत महिना नै किम जोङ उनले अमेरिकासँग पुनः वार्ता सुरू गर्ने आश्चर्यजनक घोषणा गरेका थिए । उनले राष्ट्रपति ट्रम्पसँगको भेटको राम्रो सम्झना रहेको खुलासा पनि गरेका थिए । यसबाट थाहा हुन्छ, दुबै नेता भेट गर्न इच्छुक छन् । यसअघि किमकी बहिनीको अमेरिका सम्बन्धमा तीतो टिप्पणी थियो । अन्तर्राष्ट्रिय विश्लेषकहरू अमेरिका र उत्तर कोरियावीच भेटवार्ता नभए पनि दुबै राष्ट्रवीच निरन्तर सम्पर्क रहने बताउँछन् ।
अमेरिकी राष्ट्रपति विश्व शान्तिका पक्षधरका रूपमा उभिएका छन् र उनी नोबेल शान्ति पुरस्कारमा केन्द्रित रहेको विषय सबैका लागि खुला रहेको छ । उनले थाइलेण्ड–कम्बोडिया दुश्मनीमा शान्ति सम्झौता गराएका छन् । अमेरिका र उत्तर कोरियाका यी दुई नेताको अबको भेटमा सम्बन्ध सामान्यीकरण गर्ने र आणविक समस्या समाधान गर्ने निर्णायक भेटवार्ता हुनसक्छ । यतिबेला दक्षिण कोरियाका राष्ट्रपति पनि उत्तर कोरियासँग सम्बन्ध सहज बनाउने पक्षमा छन् । उत्तरको चीन, रूसभन्दा पनि शान्तिका लागि अमेरिका महत्वपूर्ण रहेको देखिन्छ ।