
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनामा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको छ । यसपछि ट्रम्पले भनेका छन्– ‘विश्वलाई धन्यवाद । यो संयुक्त राष्ट्र संघको इतिहासमा सबैभन्दा ठूलो अनुमोदन मध्ये एक हुनेछ । विश्वभर शान्ति बढाउने छ । यो साँच्चै ऐतिहासिक क्षण हो ।’
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले ट्रम्पको २०–बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावको समर्थनमा मतदान गरेको छ जसमा अन्तर्राष्ट्रिय स्थिरीकरण बल गठन गर्न आह्वान गरिएको छ । यो प्रस्तावअनुसार इजरायल र इजिप्टसँग नजिकबाट काम गर्नेछ । यसले प्यालेस्टिनी प्रहरी बलसँगै सीमा क्षेत्रहरू सुरक्षित गर्न र हमास लगायत सशस्त्र समूहहरूलाई स्थायी रूपमा निशस्त्र गर्न मद्दत गर्नेछ । तर हमासले प्यालेस्टिनको अधिकारको माग पूरा नगर्ने भनेर बिरोध गरेको छ । यसबारे ट्रम्पको रणनीति प्रतिक्षाको विषय बनेको बताइन्छ ।
यता रूसी राष्ट्रपति पुटिनको भारत भ्रमण विदेशमन्त्री जयशंकरले तय गरेका छन् । भारत–रूस २३औं वार्षिक शिखर सम्मेलनले के कस्तो अमेरिकाविरोधी रणनीति तय गर्ने हो, विश्वकै लागि प्रतिक्षाको विषय बनेको छ ।


