
विश्वशक्तिहरू अत्यन्त तनावमा छन् । विश्वयुद्धको जोखिम पनि बढेकै छ । शान्ति, सुशासन, सुरक्षा, प्रजातन्त्र, मानवाधिकार, जलवायु परिवर्तनलागतका अनेक विषयहरू विश्वभरिकै मुद्दा बनेका छन् । सन २०२६ अर्थात् यो वर्ष नेपाल सहित धेरै देशमा चुनाव हुँदैछ । यसवर्षको चुनावले विश्व राजनीतिको हावा तीब्र चल्ने र परिवर्तन ल्याउने विश्लेषकहरूको अनुमान रहेको छ ।
नेपाल
आगामी फागुन २१ अर्थात मार्च ५ निर्वाचनको मिति हो । गत सेप्टेम्बर ८ र ९ अर्थात भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन र बिस्फोटपछिको परिवर्तनका मागले यो अन्तरिम सरकार र यो निर्वाचन निम्त्याएको हो । हिंसात्मक आन्दोलनपछि यो निर्वाचन हुनलागेकाले यो निर्वाचनको परिणाम स्थापित दलहरूभन्दा पनि युवाहरू अगाडि आउने अनुमान गरिएको छ । नेपालले परिवर्तन खोजेको छ, परिवर्तनका लागि नयाँ पुस्ताहरू जुर्मुराएका छन् । स्थापित बुढो नेतृत्व आत्तिएको अवस्था पनि देखिन्छ । खासगरी निर्णायक मानिएका मतदाता अर्थात् जनतामा बुढो र पटक पटक चुनाव जितेका नेताहरूप्रतिको विश्वास गुमिसकेको अवस्था छ ।
बंगलादेश
फेब्रुअरी १२ मा बंगलादेशमा चुनाव हुँदैछ । युवा बिद्रोहपछिको युनुस सरकारले चुनाव गराउने मिति तय गरेको हो । यो चुनाव गत २०२४ अगस्ट ५ मा शेख हसिनाको सरकार अपदस्त भएपछि हुनलागेको हो । हसिना यतिबेला भारतमा निर्वासित छिन् । यो निर्वाचनसँगै प्रस्तावित राजनीतिक र संस्थागत सुधारमाथि जनमत संग्रहसमेत हुने भएकोछ ।
अन्तरिम सरकारले शेख हसिनाको पार्टी अवामी लिगका सबै गतिविधिमा प्रतिवन्ध लागेको छ । यो निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टि र हसिनाको पतनपछि उदाएको युवा नेतृत्वको नेशनल सिटिजन पार्टीजस्ता नयाँ नीतिसहितका पार्टीको उदय हुनेछ । बंगलादेशको चुनाव भारत बंगलादेशको सम्बन्ध र दक्षिण एसियामा विश्वशक्तिको प्रभावको उदयका रूपमा पनि हेरिएको छ ।
थाइल्याण्ड
फेब्रुअरीमा राजतन्त्रतात्मक मुलुक थाइल्याण्डमा चुनाव हुने बताइएको छ । भनिन्छ, क्याम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग डरलाग्दो द्वन्द्वका बेला लिक भएको संवादका कारण पैटोंगटार्न शिनावात्रा पदमुक्त भएपछि यो निर्वाचन हुनलागेको हो ।
थाइलेण्डमा प्रगतिशील सुधारवादी पिपुल्स पार्टी शिनावात्रा परिवारको पतनबाट फाइदा उठाउँदै निर्वाचन जित्न उत्साहित रहेको छ । एक सर्भेक्षणले लोकप्रिय रूढीवादी तथा राजतन्त्र समर्थक भूमजाइथाइ पार्टीको सम्भाबना देखिरहेका छन् । यो निर्वाचनले आसियानलाई प्रभाव पार्ने हुँदा महत्वको छ ।
अमेरिका
यतिबेला अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयहरूले विश्वयुद्ध हुने हो कि भन्ने आशंका बढेको छ । भेनेज्वेलाका राष्ट्रपतिमाथि कब्जा गरेर आफै राष्ट्रपति भएको घोषणा, इरानमाथि हमला, ग्रिनल्याण्ड किन्नेसम्मका बिबादले विश्व राजनीति परिवर्तनको मोडमा छ ।
यसकारण पनि अमेरिकामा ३ नोभेम्बर २०२६ मा हुने मध्यावधि निर्वाचन महत्वपूर्ण मानिएको छ । जुन नोभेम्बर २०२४ मा डोनाल्ड ट्रम्पले डेमोक्रेट राष्ट्रपति उम्मेदवार कमला ह्यारिसलाई हराएको २ दुई वर्षपछि हुदैछ । प्रतिनिधिसभा र सिनेट दुबैमा बिजयी ट्रम्पका लागि यो निर्वाचन अत्यन्त महत्वपूर्ण मानिएको छ । यो निर्वाचन हारेमा ट्रम्पमाथि महाभियोगसमेत लाग्नेसक्ने कुरा रहेको छ । प्यु रिसर्च सेन्टरले गरेको सर्वेक्षणले जनमत ट्रम्पको लोकप्रियता खस्केको देखाएको छ । यसैवीच डेमोक्रेट पार्टीले न्यु जर्सी र भर्जिनियाका गभर्नर निर्वाचन तथा न्युयोर्कको मेयर निर्वाचनमा जितेको छ र अमेरिका परिवर्तनतिर उन्मुख भएको अनुमान गरिएकोछ ।
ब्राजिल
यही वर्ष ब्राजिलमा चुनाव हुनेछ । ब्राजिलियामा ८० वर्षीय राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अक्टोबर २०२६ मा पुनः निर्वाचन लड्ने घोषणा गरेर अर्को आश्चर्यको माहोल बनाएका छन् । यो उनको चौथो कार्यकाल हुनेछ । ब्राजिलमा उनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपतिका छोरा जाइर बोल्सोनारोका जेठा छोरा रहेका छन् । यतिबेला उनी कू प्रयासमा संलग्न भएको अभियोगमा जेलमा छन् ।
इजरायल
इजरायलमा अक्टोबर २०२६ मा निर्वाचन हुनेछ । हमाससँगको युद्धपछिको यो निर्वाचन बेहद चर्चामा छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भ्रष्टाचारको आरोप खेपिरहेका छन् । उनीसँग युरोपीय साझेदार र आन्तरिक अलोकप्रियताको कहरले उनलाई छाडेको छैन । एक सर्भेक्षणअनुसार नेतान्याहुले लोकप्रियता गुमाइसकेका छन् ।
हंगेरी
हंगेरीमा पनि अप्रिलमा चुनाव हुँदैछ । विश्वव्यापी परिवर्तनका सन्दर्भमा २०१० देखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओरबानले यो चुनावमा कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । रिपोर्टहरू भन्छन्– भिक्टरको फिडेज पार्टी हाल जनमत सर्वेक्षणमा तिस्जे पार्टीभन्दा धेरै कमजोर देखिन्छ ।
कोलम्बिया
मई महिनामा चुनाव हुनेछ । अमेरिकासँगको तनावका कारण सत्ताधारीलाई खतरा छ । लागुऔषध मुख्य मुद्दा हुनेछ । – डा.विनिता


