Advertisement Banner
Advertisement Banner

२७ शनिबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

कोरिया क्षेप्यास्त्रको प्रतिरक्षामा जुट्यो

२६ सोमबार , माघ २०७११२ बर्ष अगाडि

दक्षिण कोरिया क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा आफ्नै बलबुताले संलग्न हुने जनाएको छ। अहिलेसम्म अमेरिकासँग हातेमालो गरेर अघि बढेको साउथ कोरिया क्षेप्यास्त्रको मामिलामा  राष्ट्रपति पार्क गुइन हेको बुद्धिमत्तापूर्ण निर्देशनमा आत्मनिर्भर हुन अग्रसर भएको छ। उत्तर कोरियाको युद्ध चेतावनी र चुनौतिको सामना गर्न अमेरिकाले दक्षिण कोरियामा टर्मिनल हाई अल्टिच्यूड एसिया डिफेन्स तैनाथ गर्न दबाब दिदै आएको थियो। तर दक्षिण कोरियाले अमेरिकी इच्छालाई रोकेर आफ्नै क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली विकसित गर्न अग्रसरता लिएको छ। दक्षिण कोरियाले भनेको छ– क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा अमेरिकाको कुनै पनि प्रकारको संलग्नता हुनेछैन। गतहप्ता दक्षिण कोरियाको विदेश मन्त्रालयले अमेरिकाको चासो रहेको तर लिखित रुपमा कुनै अनुरोध नआएको खुलासा गर्दै आफ्नो निर्णय सार्वजनिक गरेको थियो। कोरियाले भनेको छ– उत्तर कोरियाको चुनाैतिको सामना गर्न सक्षम छौं, कोरियाली प्रायदिपको परिस्थितिअनुसार आफ्नै कोरियन एयर एण्ड मिसाइल डिफेन्स निर्माण गर्न लागेका छांैं। यसबारेमा चीनलाई भने विभिन्न माध्यमबाट जानकारी दिइनेछ। चीनलाई विश्वासमा लिएर यो कार्यक्रम अघि बढाइने छ। चीनका रक्षामन्त्री चाङ वनक्वानले एकदिन अघिमात्र दक्षिण कोरियाको कार्यक्रमबारे जिज्ञासा राखेका थिए। भोलिपल्टै कोरियाले जिज्ञासा मेटाइदिएको छ। चीनको चासो दक्षिणको योजनामा भन्दा पनि अमेरिकी संलग्नताबारे भएको विश्लेषकहरुको धारणा रहेको छ। रुसले पनि कोरियन अभियानबारे चासो लिएको छ।