Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

चीन, अमेरिका, भारतको बधाई

२६ मंगलबार , फाल्गुण २०८२९ घण्टा अगाडि

चीन, अमेरिका, भारतको बधाई

फागुन २१ मा निर्वाचन सम्पन्न भएकोमा चीन, भारत, अमेरिकाले खुशी ब्यक्त गर्दै चुनाव सफलतापूर्वक सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल र नेपालीलाई बधाई दिएका छन् । भारतले नयाँ सरकारसँग काम गर्न तयार रहेको र नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गर्ने जनाएको छ भने अमेरिकाले आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौं भनेको छ । यसैवीच चीनले नेपालमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिंदै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपालले आफ्नो राजनीतिक एजेण्डा सुव्यवस्थित ढंगले अघि बढाएकोमा खुशी लागेको बताउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिसत्ता र क्षेत्रीय अखण्डताको रक्षामा चीनको समर्थन रहने बताइन् ।
छिमेकी र विश्वशक्तिको मिलेर काम गर्ने सन्देश अर्थपूर्ण मानिएको छ ।
यसैवीच सोमवार भारतका प्रम नरेन्द्र मोदीले रवि लामिछाने र बालेन साहसँग टेलिफोन वार्ता गरेर आफू साथै रहेको र मिलेर अघि बढ्न चाहेको सन्देश दिएका छन् ।