Advertisement Banner
Advertisement Banner

०४ बुधबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

चिनियाँ कम्युनिष्ट पार्टीको अर्थपूर्ण बधाई

०४ बुधबार , चैत्र २०८२१२ घण्टा अगाडि

चिनियाँ कम्युनिष्ट पार्टीको अर्थपूर्ण बधाई

रास्वपालाई चिनियाँ कम्युनिष्ट पार्टिले बधाई, शुभकामना दिंदै प्रशंसा गरेको छ । यो सन्देशलाई राजनीतिक र कूटनीतिक बृत्तमा अर्थपूर्ण रुपमा चर्चा गरिएको छ ।
चीनले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको छ । आउने दिनमा रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीवीच सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ ।
यसको प्रतिउत्तरमा रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले रास्वपाको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकीहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने बताइएको छ। रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीलाई बधाई र ऐक्यबद्धताका लागि धन्यवाद दिएको छ । वक्तव्यमा भनिएको छ– चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्‍याइएको छ।