ठमाडौं आश्विन ८, हरेक वर्ष कौलाथ्व पञ्चमीमा जात्रा गरिने टेकूस्थित श्री पचली भैरवनाथको मूर्ति नयाँ निर्माण गरिएको छ । प्रयागपोखरी ललितपुरका मूर्तिकार श्री सिद्धिराज शाक्यज्यूले
तेश्रो पटक निर्माण गरिएको मूर्तिमा नयाँ प्रयोग स्वरुप मूर्तिलाई बाहिर निकाली घ्याम्पोमा टाँसेको देखिन्छ भने यसअघि पनि घ्याम्पोको गोलाईमा टाँसिएको हामी पाउँछौं । पहिले माटोको निर्माण गरिन्थ्यो भने पछि पछि धातुबाट बनाइन थालेको थकुजुजु राजारामले जानकारी दिनुभयो । झण्डै ६०–७० किलो धातुबाट बनाइएको सो कलात्मक मूर्तिमा स्वर्ण जलप लगाइएको छ ।
यसको निर्माणको लागि परापूर्वकालदेखि नै सम्पूर्ण खर्च राजसंस्थाबाट गरिदैं आएकोमा यसपालि पनि सम्पूर्ण खर्च पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्राप्त भएको पनि उहाँले जानकारी दिनु भएको छ ।शनिवार ललितपुरबाट बाजागाजाका साथ श्री पचलीभैरवको मूर्ति भिमसेनस्थान स्थित थकु जुजुको निवासमा पु¥याइएको छ भने सो मूर्तिमा प्राण प्रतिस्थाको लागि न्यास पूजा शुरु भैसकेको पनि जानकारी प्राप्त भएको छ ।
@kantipurhotline