Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुँदैछ

१३ बुधबार , जेठ २०८३१६ घण्टा अगाडि

अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुँदैछ

यता जेठ १८ गते रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । यसअघि अमरिकी उपविदेशमन्त्री सारा बी रोजर्स ३ दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएकी छिन् । जेठ १६ गते रोजर्स नेपाल आउनेछिन् र उनले सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्ले आदिसँग भेटवार्ता गर्नेछिन् । यसअघि गत वैशाख १७ गते सहायक विदेशमन्त्ती समीर पल कपुरले नेपाल भ्रमण गरेका थिए । त्यतिबेला पनि उनले परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री बाग्लेसँग भेटेका थिए । यसको लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गरे, अपर मुस्ताङ पुगेर ड्रोन उडाएका थिए ।
प्रम बालेन साहले अहिलेसम्म स्तरबाहिर गएर कसैलाई भेटेका छैनन् । साराले पनि बालेनसँग भेटवार्ता हुनेछैन भनिदैछ ।