Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

सीमा समस्यामा बेलायत

१९ मंगलबार , जेठ २०८३१५ घण्टा अगाडि

सीमा समस्यामा बेलायत

जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र साहले कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति, राप्रपा, स्वतन्त्र र रास्वपाका सांसदले प्रश्न उठाएका प्रश्नहरुकोएक एक गरेर जवाफ दिए । जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुराको सवालमा नेपालले डिप्लोमेटिक नोट पठाएको र त्यसको टेबुल टक गरेर समस्या समाधान गर्ने प्रत्युत्तर प्राप्त भइसकेको बताए । सीमा समस्या समाधान गर्न नेपालले सुगौली सन्धिका बेलाको इङ्लैण्डलाई पनि समावेश 
गराउन पत्राचार गरेको बताए । सीमा समस्या समाधान गर्न ३७ वर्षमा कुनै प्रधानमन्त्रीले नेपालसँग सुगौली सन्धि गर्ने बेलायतलाई समेत टेबुल टकका लागि गुहार गरिएको इतिहासमै यो पहिलो घटना हो । यही सन्दर्भमा प्रम बालेन्द्र साहले भारतले मात्र होइन नेपालले पनि भारतको जमिन मिचेको बताएपछि विपक्षीहरु भड्किएका छन् ।
यति ठूलो आपत्ति देखे सुनेका प्रम बालेन्द्रले सामाजिक सञ्जालबाट शंका नगर्न भन्दै माफी मागेका छन् ।
विश्लेषकहरु भन्छन्– कूटनीतिक पत्राचार भएको, भारतले जवाफ दिएको भनिएको छ । न भारतको पत्रमा नेपालले भारतको जग्गा मिचिएको भनेको छ कि ? यसैवीच कान्तिपुरमा छापिएको मातृका दाहालको २०७७ चैत ८ को नेपाली पक्षबाट २७४ ठाउँमा खेतीपाती भन्ने समाचार पनि चर्चामा आएको छ । यसैवीच नेपाल विज्ञ भारतीय एसडी मुनीले प्रम बालेनको साहसको प्रशंसा गर्दै सीमा समस्या अन्त
र्राष्ट्रियकरण नगर्न चेतावनी दिएका छन् र भारत वार्ता गर्न तैयार छ भने ३७ वर्षमा कुनै पार्टीले नगरेको कार्य वार्ताबाट समाधान निकाल्नु बुद्धिमानी हुनेछ । आखिर नेपाली भूमि नेपालको हकभोगमा ल्याउनु त छ नै । 
प्रम बालेन्द्र साहले सुकुम्वासी समस्या समाधान गर्न खोजेको, सहकारी पीडितलाई निक्षेप फिर्ता गर्न थालेको बताउँदै विद्यूतमा भ्याट, बाँदर नियन्त्रणलगायतका कतिपय समस्याका विषयमा ३५ वर्षमा सुल्झिन नसकेको विषय ३५ मिनेटमा सुल्झिन नसक्ने भनेर समय लाग्ने बताएका थिए र
फेरि पनि चर्को विरोध सीमा विषयको अभिव्यक्तिकै छ । हो, भारतसँग सीमा जोडिएका नेपालका २७ जिल्ला, १८८० किलोमिटर क्षेत्रको ७३ ठाउँमा भारतले अतिक्रमण गरेको छ । गुप्त इपिजी रिपोर्टमा पनि यी कुरा टिपोटमा छन् र प्रम बालेनले भनेका छन्– सीमा मिचिएको विषयमा बसेर छलफल गर्छौं र समाधान निकाल्छौं र
सीमाविद बुद्धिनारायण श्रेष्ठ र विज्ञहरु भन्छन्–नेपालले भारतको जमिन मिचेको वा अतिक्रमण गरेको छैन र सिरसिया नदी बाङ्गोटिङगो भएर बग्दा नेपालको भारततर्फ र भारतले नेपालतिरको जमिन भोगचलनको दक्खल भएको छ, मिचिएको भन्न मिल्दैन र तराई क्षेत्रमा क्रस होल्डिङ अकुपेसन अर्थात सीमापार जोत कमोत दक्खल भएको कुरालाई प्रधानमन्त्रीले मिचेको भनेर बुझेको होला । सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार कटिवद्ध रहेको बताउँदा बताउँदै के निहुँ पाउँ कनिका बुकाउ भनेझैं प्रतिपक्षीहरु नेपालले भारतका कहाँ कहाँ सीमा मिचेको छ देखाउ भन्दैछन् र प्रश्न गर्दैछन् ।
प्रम बालेनले भनेका थिए–  सीमा समस्याबारे हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्गल्याण्ड सरकारसँग पनि कुरा गरेका छौँ । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहँदाखेरि यसमा चाहिँ इङ्गल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । तर प्रतिपक्षीहरु नकारात्मकताको पुच्छर निमोठोर नेपालले सीमा मिचेको बारे प्रष्टता खोजिरहेका छन् । अब हेर्नुछ, रास्वपा र बालेन्द्र सरकारले प्रतिपक्षीको भारतका सामु आत्मसमर्पण गरेको आरोपको के कस्तो जवाफ दिने हुन् ? भारतीय सञ्चारले सीमा विवाद वार्ताद्वारा समाधान गर्न बालेन्द्र सरकार तैयार रहेको प्रचार गरिरहेका छन् । रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा छन्, उनको प्रम नरेन्द्र मोदीसँग वार्ता हुनेछ ।
प्रम बालेन्द्र शाहलाई फिजीका महेन्द्र चौधरी, सिक्किमका नयाँ लेन्डुप भन्ने आरोप लागेको छ । बालेन्द्र साहले कडा रुख देखाएकाले उनको सेखी झार्नैपर्छ भन्छन् प्रतिपक्षीहरु । बोली चिप्लिदा अथवा प्रष्ट कुरो राख्न नसक्दा प्रम बालेन बिबादमा तानिएका छन् । जेनजी नागरिक अभियानले सबैखाले सीमा समस्या सदाका लागि समाधान गर्नुपर्छ भनेको छ ।