
परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीन दुबै देशका परराष्ट्रमन्त्रीद्वय एस जयशंकर र वाङ यीको निमन्त्रणामा भ्रमण गरेर रास्वपा सरकारको नीति, सिद्धान्त स्पष्ट पारेर आएपछि भारत र चीन दुबै नेपालसँग आश्वस्त भएका छन् । नयाँ सरकार के हो भन्ने संशय अब दुबै देशलाई हुनेछैन । रास्वपाको असार ७ मा उद्घाटन भएको अधिवेशनलाई शुभकामना पठाउनु संशय निवारणको सन्देश भएको अर्थ लगाइएको छ । दुबै ठूला देशले नेपालको बदलिएको राजनीतिलाई बुझ्न पाएका छन् । भारत र चीन दुबैले भूराजनीतिक सन्दर्भ बुझाएको र नेपालसँग सहकार्य बढाउन चाहेको भन्नु उपलब्धि हो ।


