Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

१९४७ देखिको मैत्री सम्बन्धलाई अमेरिकी थप्पड

२० बुधबार , श्रावण २०८३एक दिन अगाडि

१९४७ देखिको मैत्री सम्बन्धलाई अमेरिकी थप्पड

लाखौं नेपाली अमेरिकामा छन्, तिनका परिवारजनले अब अमेरिकामा भेटवार्ता गर्न साह्रै कठिन स्थितिको सिर्जना हुनपुगेको छ ।
नेपाल–अमेरिकावीच कूटनीतिक सम्बन्ध १९४७ मा स्थापित भएको थियो । अमेरिकाले १९५९ मा दूतावास खालेको थियो । नेपालको विकासको साझेदार रहिआएको अमेरिकाले अहिले आएर टुरिष्ट वा बिजनेस भिसामा लागि २० हजार डलर धरौटी राख्नुपर्ने नियम नेपालमाथि थोपरेको छ । नेपालीको गाँस बास कपास, मानवाधिकारलगायतमा चासो राख्दै आएको अमेरिकले लिएको यो निर्णयलाई त्यति पुरानो सम्बन्धमा थप्पडका रूपमा नेपालीले लिएका छन् ।
अमेरिकाले भिसाका लागि कालोसूचीमा राखेका ५० मुलुकमा नेपाललाई पनि राखेको हो ।
स्मरणीय छ, नेपालले बी वान र बी टू भिसाका लागि धरौटी बुझाउनु पर्ने देशहरूको सूचीबाट नेपाललाई हटाउन अमेरिकासमक्ष आग्रह गरेको थियो । नेपालका आग्रह खारेज हुनपुग्यो । नेपाल अब भेनेज्वेला, क्यूवाजस्ता मुलुकको सूचीमा पर्न गएको छ । यो विषय नेपालको कूटनीतिक बृत्तलाई चिन्तित पारेको छ । के नेपालको कूटनीति चूक भएको हो त ? धेरैले विश्लेषण गर्न थालेका छन् ।
अमेरिकाको तर्क छ– अमेरिकी आप्रवासन नियमहरू पालना गर्न लगाउन, समयावधिभन्दा बढी बस्न रोक्ने कदम चाल्न, ओभरस्टे रोक्न, पहिचान र फौजदारी कसुरसँग सम्बन्धित सूचना आदानप्रदान गर्न सहज भएको छ । अमेरिकाले जे भने पनि नेपालीका लागि यो नीतिले सकस थपेको छ ।
अमेरिकी सूचनाका अनुसार सूचीमा रहेका देशहरूलाई थपघट गर्न सकिनेछ । अफ्रिकाका ३० देखि र दक्षिण एसियाका बंगलादेश, भुटानका साथै नेपाललाई राखिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले अमेरिकी अधिकारीहरूसँगको संवादमा भिसा बन्ड सूचीबाट नेपाललाई हटाउन अनुरोध गरेका थिए । डक्यूमेन्टेशन फ्रड,र ओभरस्टेसँग जोडिएको विषय भनेर पाएको जवाफमा नेपालले थप प्रयत्न गरेको छैन । त्यसै पनि राष्ट्रपति ट्रम्पले पहिले नै नेपाली नेताहरूलाई फ्रड भनेर आरोप लगाइसकेका थिए ।
बिस्तारै अमेरिका जान चाहने नेपालीलाई भिसा पाउन अब कठिन स्थिति आइसकेको छ । साथै देशकै प्रतिष्ठामा आँच पुगेको छ । बालेन सरकारले यसबारे सकृय पहल गर्न जरूरी देखिन्छ ।
नेपालको शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, पूर्वाधार विकासमा विशेष सहयोग गरिरहेको साझेदार अमेरिकाले नेपालमाथि यसरी बण्डको धराप थाप्नुहुन्नथ्यो, उदारसहयोगी हुनुपथ्र्यो । नेपालको राजनीति र कूटनीतिक चातुर्यताको खाँचो परको छ, बालेन सरकारले बण्डको यो समस्या खारेज गराउन तदारूकता देखाउनु पर्छ ।