Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

रवि चीन जाँदै

२० बुधबार , श्रावण २०८३एक दिन अगाडि

रवि चीन जाँदै

अगस्तको तेस्रो साता रास्वपाका सभापति रवि लामिछाने चीन भ्रमणमा जाँदैछन् । राष्ट्रपति सी चिनफिङ्सँगको भेट नेपालका लागि ऐतिहासिक हुनेछ । यसअघि उनले भारतमा उच्च सम्मान पाएका थिए ।
भारत र चीन नेपालका लागि ठूला छिमेकीमात्र होइनन्, शान्ति, विकासका महत्वपूर्ण साझेदार मुलुक पनि हुन् । बढ्दो भूराजनीतिका कारण यी दुबै मुलुक नेपालका लागि नेपाली स्थिरता र स्वराजका लागि महत्व झन बढेको छ । पहिले देखि नै नेपालका शासकहरू दिल्ली, बेइजिङ भ्रमण गरिरहनुको कारण पनि धेरै रहेका छन् । राजनीतिक परिदृश्य फेरिए पनि कूटनीतिक अझ पेचिलो बनेको छ । रास्वपा कूटनीतिक अग्नि परीक्षामा रहेको छ ।
नेपालको जेनजी सरकारसँग भारत र चीन के चाहन्छन् ? किन भारतका प्रम मोदी र चीनका सी चिनफिङले यति धेरै महत्व दिएका हुन् ? नेपालका सन्दर्भमा यी महत्वपूर्ण प्रश्न हुन् र यी प्रश्नको सेरोफेरोमा रूस र अमेरिका जस्ता सुपर पावरका चाख र चासोहरू पनि अन्तरनिहित रहेका छन् । फोटो सेसन बहुदलपछि धेरै नेताले धेरैपल्ट गरे, कुनै अर्थ राखेन । चुरो सवाल भनेको यस्ता भ्रमणले नेपाल र नेपालीको हक हितमा के कति उपलव्धि हासिल भयो, हुनेछ भन्ने हो ।
सभापति रविको चीन भ्रमणमा पारवहन सम्झौताहरूको प्रभावकारी कार्यान्वयन, तातोपानी र केरूङ जस्ता नाकाहरूलाई बाह्रै महिना पूर्ण क्षमतामा सुचारू गर्ने विषय र नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने जस्ता ठोस एजेन्डा हुनेछन् । फेरि पनि २०१७ मा भएको बीआरआई सम्झौता, २०१९ मा चीनका राष्ट्रपतिको नेपाल भ्रमणमा नेपालले पाएका आश्वासन र अहिले कामै नलाग्ने गरी जलेको चीनको उपहार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुननिर्माणका विषय पनि उठ्नेछन् । भ्रमण धेरै भए, अब नेपालका लागि उपलब्धिपूर्ण हुनुपर्छ । चीनलाई एकचीन नीतिमा विश्वस्त पार्नसके चीनले अर्थपूर्ण सहयोग गर्नसक्नेछ । तर केही हप्ता अघि दलाई लामाको जन्मोत्सव मनाउन दिएको अनुमतिमा चीनले प्रश्न उठाउने छ । नेपालले समदूरीको नीति लिन सक्यो र चीनलाई सुरक्षा चासोमा आश्वस्त पार्न सक्नु नै रवि लामिछानेको चीन भ्रमणको ‘बालेन’लाई भारत भ्रमणको निम्तो पठाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिएका छन् ।


बालेन प्रधानमन्त्री बनेयता विदेश भ्रमणमा गएका छैनन् । भारतको निम्तो स्वीकार गरेमा उनको पहिलो विदेश भ्रमण भारतबाट हुनेछ ।