Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

भारतीय सेनाध्यक्ष नेपालमा

०२ मंगलबार , भाद्र २०८३१५ घण्टा अगाडि

भारतीय सेनाध्यक्ष नेपालमा

१९५० देखि सुरू भएको नेपाल र भारतका प्रधान सेनापतिहरूको मानका लागि मान आदान प्रदान गर्नेका लागि भारतीय सेनाध्यक्ष जनरल धिरज सेठ ४ दिनका लागि नेपाल आइपुगेका छन् । जनरल सेठले राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने, प्रधानमन्त्री र प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्नेछन् ।
मुख्य सवाल जनरल सेठ मानार्थ महारथी दर्जा ग्रहण गर्नुका साथै भारतको विशेष मेसेज पनि लिएर आएको हुनसक्ने अनुमान छ । साथै नेपाल–भारतबीचको द्विपक्षीय सैन्य सम्बन्ध र सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ । जनरल सेठको सेनाध्यक्ष बनेपछि यो पहिलो विदेश भ्रमण भएको बुझिएको छ ।