
सेप्टेम्बर ८ मा राष्ट्रसंघ गुहारौं । भोटेकोशीको महाविपदबारे विश्वलाई थाहा भइसक्यो । हिमाल, हिमाली जनजीवन, पानीको विषयमा विश्वलाई गुहार्न बिर्सनु हुन्न । राष्ट्रसंघको १९५५ देखिको सदस्य नेपालले सेप्टेम्बर ८ मा सुरू हुने ८१औं बैठकमा नेपालले अगुवाई लिएर हिमाली जनजीवन, जलवायु परिवर्तनमा विश्वको ध्यान खिचेर नेपालले भोगेको प्रलयजस्तै महाविपदबारे विश्वलाई गुहार्ने अवसर छ । यसमा नचुकौं ।


