
सन् २०२४ को अगस्टमा भएको विद्यार्थी आन्दोलन दबाएर हजारौंको हत्या आरोप लागेपछि भारत पलायन भएकी तत्कालीन प्रधानमन्त्री शेख हसिना डेढमहिनापछि अर्थात डिसेम्बरमा बंगलादेश फर्कने भएकी छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार शेख हसिनाले वर्तमान तारिक रहमान सरकारले आफूमाथि गिरफ्तारी, शारीरिक आक्रमण वा यातनाको खतरा खडा गर्नसक्ने भए पनि आफूलाई त्यसको कुनै डर नरहेको बताएकी छिन् । जस्तोसुकै प्रतिकूल परिस्थिति र जोखिम मोल्न तयार हुँदै जन्मभूमि फर्किएरै छाड्ने सत्ताच्यूत भएर भारतमा आश्रय लिन पुगेकी शेख हसिनाले बताएकी छिन् ।
शेख हसिनाले जन्मभूमि फर्किनु आफ्नो नैतिक कर्तव्य भएको भन्दै आफू र आफ्नो दल अवामी लिगका शीर्ष नेताहरूलाई लगाएको झूठा मुद्दाहरूको जालो फाड्ने दृढता गर्दै निष्पक्ष जाँचको माग पनि गरेकी छिन् ।


