Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, मंसिर २०८३23rd November 2026, 12:23:53 am

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

०६ शनिबार , मंसिर २०८३३ दिन अगाडि

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्दै नेपालीहरूको सरलता, आत्मीयता र दयालु स्वभावको गरे प्रशंसा

ब्रिस्बेन, अस्ट्रेलिया।

क्वीन्सल्यान्डको मोराइफिल्ड क्षेत्रका सांसद मार्क रायन (Mark Ryan MP) ले नेपाली समुदायको प्रशंसा गर्दै नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्ने बताएका छन्। Happy Show Australia का सञ्चालक बिजय लुइँटेलसँग भएको  कुराकानीमा र    

ज्बउउथ क्जयध ब्गकतचबष्बि सँगको विशेष अन्तर्वार्तामा सांसद रायनले नेपाल र नेपाली समुदायबारे आफ्नो अनुभव तथा धारणा साझा गरेका हुन्। उनले आफ्ना भाइले केही वर्ष नेपालमा अन्तर्राष्ट्रिय मानवीय संस्थामा काम गरेको स्मरण गर्दै नेपालका मानिसहरू निकै मिलनसार, सरल, नम्र र दयालु रहेको कुरा आफूले भाइबाट सुनेको बताए।

उनका अनुसार भाइले नेपालका प्राकृतिक सुन्दरता र नेपालीहरूको आत्मीयताबारे निकै प्रशंसा गर्ने गरेका थिए। रायनले पनि भविष्यमा आफ्नो परिवारसँग नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।

अन्तर्वार्ताका क्रममा उनले मोराइफिल्ड क्षेत्रको विकास, सार्वजनिक यातायात, स्वास्थ्य सेवा, शिक्षा, आवास समस्या, महँगी र युवा पुस्ताका अवसरबारे आफ्ना विचार राखे।

मोराइफिल्डमा तीव्र गतिमा जनसंख्या बढिरहेको उल्लेख गर्दै उनले सडक, विद्यालय, अस्पताल र सार्वजनिक यातायातमा थप लगानी आवश्यक रहेको बताए। जनसंख्या वृद्धिको तुलनामा पूर्वाधार विकास पर्याप्त हुन नसकेको उनको भनाइ थियो।

युवाहरूको सहभागिता र नेतृत्व विकासका विषयमा बोल्दै रायनले मोराइफिल्डमा २५ वर्षमुनिका युवाहरूको आवाज सुन्न Youth Advisory Council िसञ्चालन भइरहेको जानकारी दिए। युवाहरूलाई शिक्षा, सीपमूलक तालिम र रोजगारीका अवसर उपलब्ध गराउनु आवश्यक रहेको उनले बताए।

अस्ट्रेलियाको पहिचानबारे चर्चा गर्दै उनले बहुसांस्कृतिकता अस्ट्रेलियाको कमजोरी नभई शक्ति भएको बताए। विभिन्न देश, भाषा, संस्कृति र पृष्ठभूमिका मानिसहरूले अस्ट्रेलियालाई विशेष बनाएको उनको धारणा थियो।

बहुसांस्कृतिक संस्थाहरूलाई सहयोग गर्ने विषयमा उनले स्थानीय कार्यक्रम, सामुदायिक गतिविधि र विभिन्न समुदायबीचको सहकार्यलाई महत्त्व दिनुपर्ने बताए। विभिन्न समुदायका मानिसलाई एकै ठाउँमा ल्याएर सामाजिक एकता बढाउने गतिविधि आवश्यक रहेको उनको भनाइ थियो।

अन्तर्वार्ताको रमाइलो खण्डमा पाँच मिलियन अस्ट्रेलियन डलर पाए के गर्नुहुन्छ भन्ने प्रश्नमा रायनले परिवारसँग संसारका विभिन्न देश घुम्न चाहेको बताए।

त्यस्तै, एक दिनका लागि अस्ट्रेलियाको प्रधानमन्त्री बन्ने अवसर पाए के परिवर्तन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आवास समस्याको समाधान, विद्यालयमा असल नागरिक र बहुसांस्कृतिकताको सम्मानसम्बन्धी शिक्षा तथा युवा नेतृत्व विकासलाई प्राथमिकता दिने बताए।

रमाइलो शैलीमा उनले प्रधानमन्त्री बन्ने विषयमा आफ्नी श्रीमतीले अनुमति नदिन सक्ने भन्दै ठट्टासमेत गरे। प्रधानमन्त्री बनेपछि परिवारलाई समय दिन अझ कठिन हुने उनको भनाइ थियो।

अन्त्यमा उनले Happy Show Australia मार्फत विभिन्न समुदायबीच संवाद, आपसी सम्मान र सहकार्य बढाउन सकिने बताए। फरक विचार भए पनि एकअर्कासँग संवाद गर्ने, मुस्कुराउने र हात मिलाउने संस्कार कायम राख्नुपर्ने उनको सन्देश थियो।

Happy Show Australia का सञ्चालक बिजय लुइँटेलसँग भएको उक्त कुराकानीले मोराइफिल्डको स्थानीय विकाससँगै अस्ट्रेलियामा नेपाली तथा अन्य बहुसांस्कृतिक समुदायको योगदान र पहिचानका विषयलाई पनि समेटेको छ।