Advertisement Banner
Advertisement Banner

२९ बुधबार, जेठ २०८२30th May 2025, 11:39:34 am

हाम्रो नेतृत्व स्वाधीनताका साथ प्रगति गर्दैछ

२४ सोमबार , माघ २०७३८ बर्ष अगाडि

   उत्तर कोरियाका राजदूत किम योङ ह्याक :

यतिखेर किम जोङ उन चर्चाको शिखरमा छन् । उनले दक्षिण कोरिया र अमेरिकासाग मुकाविला गर्न ब्यालेष्टिक मिसाइलमात्र होइन, आणविक अस्त्र निर्माण गर्नसक्ने क्षमता बृद्धि गरेकोमा उनको चर्चा भएको हो । यद्यपि उत्तर कोरियामाथि राष्ट्रसंघले नाकावन्दी लगाएको छ र त्यो नाकावन्दीका कारण उत्तर कोरियाका सबै आर्थिक क्रियाकलापहरु सिमित बन्न पुगेका छन् । तैपनि उत्तर कोरियाले आफ्ना विकास निर्माण, राष्ट्रिय दायित्वहरु बखुबी पूरा गरिरहेको देखिन्छ । आधुनिक अस्त्र शस्त्र निर्माणमा पनि अग्रसरता देखाइरहेको छ र उत्तर कोरियाको भनाई छ– आफ्नो सुरक्षा, विकास र स्वाभिमानका लागि गरिएका कार्य हुन् ।
    अचम्म, आफ्ना नागरिकहरुलाई ऐक्यवद्ध राख्नसक्नु उत्तर कोरियाको खुवी हो । आधुनिक युगमा पनि बन्द समाजलाई यसरी चलाउन सक्नु र आफ्नैपनको प्रजातान्त्रिक व्यवस्था भनेर टाउको उठाएर भन्नसक्नु उत्तर कोरियाको विशेषता मान्नैपर्छ । राष्ट्रसंघ नै विरोधमा खडा भइसक्यो, भर्खर निर्वाचन जितेर आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत उत्तर कोरियाका नेता किम जोङ उनसाग कुरा गर्ने बताएर विश्वलाई चकित पारेका थिए । ट्रम्पको आगामी उत्तर कोरिया नीति के हुन्छ ? त्यो भने सबैका लागि उत्सुकताको विषय बनेको छ ।
    केही दिन अघि उत्तर कोरियाका राजदूत किम योङ ह्याकले पत्रकार निम्त्याएर भने– हाम्रा महान नेता किम जोङ उनको नयाा वर्ष सन्देश आफैमा पूर्ण सन्देश हो । हामी जे गरिरहेका छौं, देश र जनताको हितमा गरिरहेका छौं । उत्तरकोरियाभित्र प्रजातन्त्र छैन, मानवाधिकार छैन, शोषण र उत्पीडन छ भन्नेहरुलाई कोरियाली जनताले एकतावद्ध भएर जुन जवाफ दिइरहेका छन्, यथार्थमा त्यो नै नेतृत्वको सफलता हो ।
उत्तर कोरिया त्यस्तो देश हो, जहाा  नागरिकहरु विहानैदेखि विजयको गीत गाउाछन्, रातमा पनि शत्रुको हमला हुन्छ कि भनी देश बचाउन सतर्क भएर सुत्छन् । उत्तरकोरिया यस्तो देश हो, जहााका जनता माटोवादको नमुना भएर बााचिरहेका छन् ।
    समाजवादीका रुपमा जनगणतन्त्र भएर पनि विश्वमा आफ्नो प्रभाव फैलाउन सफल उत्तर कोरियाको एसिया र खासगरी अफ्रिकी मुलुकहरुसाग साह्रै घनिष्ट सम्वन्ध छ । जो सानो राष्ट्र छ र ठूलो राष्ट्रबाट हेपिएको छ, त्यो राष्ट्र उत्तर कोरियाको मित्रराष्ट्र हो भनेर जान्दा हुन्छ । विदेशी हस्तक्षोपबाट मुक्ति उत्तर कोरियाको नीति हो । उत्तर कोरियाको व्यवस्था र संरचनालाई भताभुङ्ग पार्न मानवाधिकारको हतियार पनि भुत्ते देखियो । उत्तर कोरियाले यस्ताखाले सबै प्रयासहरुलाई असफल पारेको छ ।
    सन २००६ मै ४१ सय किलोमिटरसम्म मार हान्न सक्ने ताइपोदोङ् २ क्षेप्यास्त्र र आणविक बम परीक्षण गरिसकेको उत्तर कोरियाले यतिखेर अर्को ब्यालेष्टिक मिसाइल बनाएको छ । सबै प्रकारका क्षेप्यास्त्र, आणविक बम र भुउपग्रहहरु आफनो देशको स्वाभिमान बचाउन, उर्जा संकट समाप्त पार्न र देशको उन्नति गर्नका लागि गरेको दावी उत्तर कोरियाले गरिरहेको छ । प्रत्येक नागरिक आफ्नो देशको सिपाहीका लागि तैयार गरेको उत्तर कोरियाले आफ्नो जनशक्तिलाई बमभन्दा खतरनाक रुपमा तैयार गरेको देखिन्छ ।