काठमाडौं । बयोधा अस्पताल बल्खुमा छ र यो अस्पताल सेवाग्राहीसँग बढी पैसा असुल्ने महगो अस्पतालले चिनिन्छ । तर अव विदेशी मुद्रा अपचलन गर्ने अस्पताल भनेर पनि चिनिने भएको छ । जिल्ला अदालतमा परेको एक मुद्दामा बयोधा अस्पताललालाई विदेशी मुद्रा अपचलनमा ४० लाख जरिबाना तोकिदिएपछि बयोधा अस्पताल नाङ्गेझार भएको हो ।
यो अस्पतालले स्वास्थ्य सामग्रीहरु खरिद गर्ने भनेर विदेशी मुद्रा सटहीको सुविधा लिएको र सो मुद्राको अपचलन गरेको थाहा पाएर राजस्व अनुसन्धान विभागले मुद्दा हालेको थियो । विभागले ८० लाख जरिबानाको माग गरेकोमा अदालते आधा ४० लाख जरिवाना तिर्नुपर्ने फैसला गरिदिएको छ ।
अस्पतालले खरिद गरेका सामानको ७ दोब्बरसम्म मूल्यका बिल बनाएर विदेशी मुद्राको कालोबजारी गरेको थियो । अस्पतालले भारतको वाइप्रो जिई हेल्थ केयरबाट खरिद गरेका सामानको व्यापक मुल्यका बिल बनाएको देखिएको छ । यसबाट अस्पतालको नियत र असलियत सार्वजनिक त भएको छ तर अस्पतालले अझै सेवाग्राहीलाई ठग्ने र अस्पताल व्यवस्थापनलाई सेवामैत्री बनाउने काम गरेको देखिदैन । प्रवृत्ति उस्तै देखिन्छ ।
भारतदेखि सिंगापुरसम्म, अन्य मुलुकहरुबाट खरिद गरिएका सबै सामानको छानबिन गर्ने हो भने बयोधा अस्पतालले गम्भीर आर्थिक अपराध गरिरहेको देखिन्छ । यो अस्पतालले विरामीको उपचारमा पनि खेलाची गर्ने गरेको छ । केही महिना अघिमात्र विरामीको मृत्यु अस्पतालको लापरवाहीले भएकोमा नागरिक समाजले व्यापक विरोध गरेको थियो । हुन त हालैमात्र नर्भिकजस्तो अस्पतालमा एक बच्चीको मृत्युमा डाक्टरको लापरवाही भएको छ । निगरानी नभएर अस्पतालहरु खाली पैसा कमाउनेतिर लागेका हुन् ?